विपक्षीको अडानपछि संसद बैठक सरेको सर्यै
काठमाडौं : प्रतिनिधिसभाको बैठक साढे ३ बजेको लागि सरेको छ। सदन सञ्चालनका विषयमा सत्तापक्ष र प्रतिपक्षी दलबीच सहमति नजुटेपछि १ बजेका लागि बोलाइएको बैठक सरेको हो।
संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले प्रतिनिधिसमा नियमावली २०७९ को नियम ६ उपनियम (२) बमोजिम सभामुख देवराज घिमिरेले बैठक सारेका हुन्।
यसबीचमा सत्तारुढ दल र प्रतिपक्षी दलहरूले सदन सञ्चालन गर्ने विषयमा छलफलमा जुटेका छन्। भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखको राजीनामा माग्दै आएको छ। गृहमन्त्रीको राजीनामा नआएसम्म सदन सञ्चालन गर्न नदिने विपक्षीको अडान छ।
नेपाली कांग्रेसले भने गृहमन्त्रीमाथि कुनै आरोप दायर नभएको भन्दै राजीनामा दिन नपर्ने बताउँदै आएको छ। यसबीचमा गृहमन्त्री लेखकले संसदमा बोल्न माग गरेका छन्। विपक्षीले त्यसको पनि विरोध गर्दै आएको छ। सदन सञ्चालन हुन नसक्दा बजेटमाथि छलफल हुन सकेको छैन।
प्रतिक्रिया दिनुहोस !