प्लास्टिकजन्य प्रदूषणविरुद्ध भारतीय दूतावासको वृक्षारोपण

प्लास्टिकजन्य प्रदूषणविरुद्ध भारतीय दूतावासको वृक्षारोपण

काठमाडौं : काठमाडौंस्थित भारतीय दूतावासले प्लास्टिक प्रदूषण रोक्नुपर्ने नारासहित कार्यक्रम आयोजना गरेको छ। विश्व वातावरण दिवसको अवसरमा दूतावासले प्लास्टिक प्रदूषण अन्त्य गर्नुपर्ने नारासहित कार्यक्रम आयोजना गरेको हो। 

कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी प्रमुख अतिथि रहेका थिए। मन्त्री ठकुरीले कार्यक्रमको अवसरमा नेपालका लागि भारतीय राजदूतसहित केन्द्रीय विद्यालय, काठमाडौंका विद्यार्थीहरूसँग दूतावास परिसरमा वृक्षारोपण गरेका थिए

कार्यक्रमको उद्देश्य प्लास्टिकजन्य प्रदूषणविरुद्ध जनचेतना अभिवृद्धि गर्नुका साथै वातावरण संरक्षणको अभियानलाई सशक्त बनाउनु रहेको दूतावासले जनाएको छ। 

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.