मनसुनजन्य विपदबाट सुदूरपश्चिमका २ लाख बढी मानिस प्रभावित हुने अनुमान

मनसुनजन्य विपदबाट सुदूरपश्चिमका २ लाख बढी मानिस प्रभावित हुने अनुमान

अछामः यस वर्षको मनसुनजन्य विपदबाट सुदूरपश्चिमका दुई लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ। 

साँफेबगर नगरपालिकाले आयोजना गरेको विपद् जोखिम व्यवस्थापन सुशासन, ऐन, नीति, योजना र कार्यविधि स्वमूंल्याकन कार्यशालामा यो वर्षको मनसुनमा सुदूरपश्चिमका दुई लाख २७ हजार ७३६ जना मानिसहरू प्रभावित हुने अनुमान गरिएको तथ्यांक प्रस्तुत गरिएको छ। 

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका वातावरण तथा विपद् व्यवस्थापन शाखाका अधिकृत सन्तोष कुमार खत्रीले प्रस्तुत गरेको तथ्यांक अनुसार सुदुपश्चिमका ९ जिल्लाका मनसुनजन्य घटनाबाट प्रभावित हुने ५२ हजार ११२ घरपरिवारका दुई लाख २७ हजार ७३६ जनसंख्या रहेको छ। 

तथ्यांक अनुसार कञ्चनपुरमा सबै भन्दा बढी ३६ हजार ८९६ क्रमशः कैलालीमा ३२ हजार २८०,बैतडीमा ३२ हजार १२४,बाजुरामा ३० हजार ७६६,डडेलधुरामा २९ हजार ५९३, डोटीमा २० हजार ८६९, बझाङमा १६ हजार ९३, अछाममा १५ हजार २१३ र दार्चुलामा १३ हजार ७९६ जनसंख्या रहेको छ। यस वर्ष तीन दशक यताकै बढी पानी पर्ने अनुमान गरिएकोमा त्यसमा पनि सबैभन्दा बढी सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा वर्षा हुने पूर्वानुमान गरिएको खत्रीले जानकारी दिए।

उनले विपदको बेला सबैभन्दा बढी जिम्मेवारी स्थानीय तहको रहेकाले पूर्वतयारीले जोखिम कम गर्न सकिने भएकाले सबै संयन्त्रहरू तयारी अवस्था राख्न सुझाव दिए। शाखा अधिकृत खत्रीले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना बनाउनका लागि स्थानीय तहलाई परिपत्र गरिसकेकाले तत्काल निर्माण गरी लागू गर्न सुझाव दिए। 

कार्यक्रममा सहभागी नगर प्रमुख राजेन्द्र कुँवर, उपप्रमुख शिबबहादुर कुँवर, वडाध्यक्ष, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणनाथ योगी लगायत शाखा प्रमुखहरूले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना यथाशीघ्र तयार गरी लागू गर्ने लगायतका ८ वटा बुँदामा हस्ताक्षर गरी प्रतिबद्धता जनाएका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.