पोखरीमा डुबेर दुई बालकको मृत्यु

पोखरीमा डुबेर दुई बालकको मृत्यु

झापा : सामुदायिक वनको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ । तेह्रथुम जिल्ला जिरी खिम्ती घर भई झापा अर्जुनधारा नगरपालिका–११ निवासी पूर्णबहादुर राईको घरमा पाहुना आएका धनमाया गुरुङको १२ वर्षको छोरा महसुस गुरुङ र सोही ठाउँका मुना गुरुङको १० वर्षको छोरा सुजल गुरुङको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खडकाले जानकारी दिए । 

प्रहरीका अनुसार आज बिहान ८ बजेको समयमा अर्जुनधारा–११ स्थित नमुना सामुदायिक वन भित्र रहेको सामुदायिक दिमदिमे पोखरीमा उनीहरू पौडी खेल्न गएका थिए ।

पौडी खेल्ने क्रममा पोखरीमा डुबि रहेको अवस्थामा स्थानीयले देखेर तत्काल उद्धार गरी बीएण्डसी अस्पताल बिर्तामोड पुर्‍याएका थिए । अस्पतालका चिकित्सकले दुवै बालकलाई मृत घोषित गरिदिएको डीएसपी खड्काले बताए । घटनाको बारेमा अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया पूरा गरी दुवै शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइने जनाइएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.