रुकुमपूर्वको जंगलमा भरुवा बन्दुक फेला
रुकुमपूर्व : रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटस्थित जंगलमा दुई नाल भरुवा बन्दुक फेला परेको छ। सोमबार बिहान सवा ६ बजेतिर जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट खटिएको टोलीले उक्त बन्दुक फेला पारेको हो।
जंगलमा कसैले लुकाई–छिपाई राखेको बन्दुक रहेको गोप्य सूचनाका आधारमा खोजी गर्दा बेवारिसे अवस्थामा बन्दुक भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक लालबहादुर विकका अनुसार बन्दुक कसले राखेको हो भन्ने खुलेको छैन।
प्रहरीका अनुसार जंगलमा अवैध रूपमा हतियार राख्नु आपराधिक हो र त्यसमा संलग्न व्यक्तिको खोजी भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !