५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा सर्वोच्चले आज निर्णय सुनाउँदै
काठमाडौं : सर्वोच्च अदालतले विभिन्न संवैधानिक निकायमा ५२ जनाको नियुक्ति बदरको माग गर्दै दायर रिट निवेदनमाथि आज निर्णय सुनाउँदैछ। यससम्बन्धी रिटमा बहस सकिएकाले सर्वोच्चले आज निर्णय सुनाउने भएको हो।
अधिवक्ता अर्यालले २०७७ पुस १ गते रिट निवेदन दायर गरेका थिए।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले अध्यादेशमार्फत संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन गरेर संवैधानिक निकायहरूमा पदाधिकारी नियुक्ति गरेको थियो। त्यसबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन आयोगलगायतका संवैधानिक निकायमा ५२ जना पदाधिकारीहरू नियुक्त गरिएको थियो।
रिट निवेदनमा संवैधानिक नैतिकताको उल्लंघन र संविधानमाथि जालसाजि गरेर सो नियुक्ति गरिएको दावी गर्दै नियुक्ति बदरको माग गरिएको छ। रिट निवेदनमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, मन्त्रिपरिषद, संवैधानिक परिषद, संवैधानिक सचिवालय लगायतलाई विपक्षी बनाइएको छ।
२०८० सालमा अग्राधिकार दिइएको यस मुद्दा विगतमा धेरै पटक ‘हेर्न नभ्याइने सूची’मा पर्दै आएको थियो। रिट दर्ता भएको चार वर्षपछि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा,कुमार चुडाल र नहकुल सुवेदीको संवैधानिक इजलासले निर्णय सुनाउन लागेको हो।
प्रतिक्रिया दिनुहोस !