इरानले अमेरिका, फ्रान्स र बेलायतलाई किन दियो चेतावनी ?

इरानले अमेरिका, फ्रान्स र बेलायतलाई किन दियो चेतावनी ?

काठमाडौं : इरानले अमेरिका, फ्रान्स र बेलायतलाई इजरायललाई सहयोग नगर्न चेतावनी दिएको छ।  इजरायललाई समर्थन गरेमा इरानले यी देशहरूसँग सम्बन्धित सैन्य अड्डा र जहाजलाई निशाना बनाउने इरानको सरकारी मिडियाले जनाएको छ।

इरानी आक्रमणको प्रतिक्रियामा इजरायलको सुरक्षा प्रयासबारे गरिएको टिप्पणीमा बेलायतले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। तर बेलायतले कुनै पनि सैन्य कारबाहीमा भाग लिएको छैन भनिएको छ।

बीबीसीका ज्याक फेनविकलाई इजरायलले बेलायतबाट सहयोगका लागि कुनै अनुरोध नगरेको भनिएको छ। विगतमा इरानले इजरायललाई ड्रोनले निशाना बनाएको थियो। बेलायतले साइप्रसबाट आरएएफ टाइफुन जेट विमानहरू पठाएर तिनीलाई खसालेको थियो।

इजरायलले शुक्रबार इरानका विभिन्न स्थानमा आक्रमण गरेको थियो। जसपछि इरानले बदलास्वरूप इजरायलमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आफ्नो आणविक कार्यक्रममा सम्झौता गर्न आह्वान गरेका छन्। यदि यसो भएन भने इजरायलले अझ गम्भीर आक्रमण गर्न सक्ने चेतावनी दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.