आठहजार मिटर भन्दा अग्लो हिमाल आरोहण गर्नेहरू सम्मानित

आठहजार मिटर भन्दा अग्लो हिमाल आरोहण गर्नेहरू सम्मानित

गोरखा : धार्चे गाउँपालिकाका हिमाल आरोहीहरूलाई राजधानीमा सम्मान गरिएको छ। आठहजार मिटरभन्दा अग्लो हिमाल आरोहण गर्ने धार्चेबासीहरूलाई अठारसयखोला तमु समाजले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो।

धार्चेका १८ जना आरोहीलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ, गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ र अठारसय खोला तमु समाजका अध्यक्ष धनबहादुर गुरुङले संयुक्त रूपमा सम्मान गरेका संस्थाले जनाएको छ। 

कार्यक्रममा ७ पटक सगरमाथा आरोहण गर्ने पुरबहादुर गुरुङ, ६ पटक सगरमाथा, ४ पटक मनास्लु र एक पटक धौलागिरि आरोहण गर्ने इमान गुरुङ, ६ पटक सगरमाथा आरोहण गर्ने सुमन गुरुङ, तीन पटक सगरमाथा र एकपटक मनास्लु आरोहण गर्ने ओमबहादुर गुरुङलाई सम्मान गरेको संस्थाका अध्यक्ष धनबहादुर गुरुङले बताए।

त्यस्तै दुई पटक सगरमाथा अनि केटु, कञ्चनजङ्घा, ल्होत्से, मनास्लु आरोहण गर्ने सन्दीप गुरुङ, तीनपटक सगरमाथा, एकपटक मनास्लु आरोहण गर्ने रामबहादुर गुरुङ, दुई पटक सगरमाथा र मनास्लु आरोहण गर्ने सुजल गुरुङ, एकपटक सगरमाथा, दुईपटक मनास्लु, ल्होत्से र केटु एकेक पटक आरोहण गर्ने नानुमाया गुरुङ, सगरमाथा, मनास्लु र कञ्जनजंगा आरोहण गर्ने बुध गुरुङलाई पनि सो संस्थाले सम्मान गरेको हो। 

त्यस्तै चोयु, मनास्लु र धौलागिरी आरोहण गर्ने केशव गुरुङ, दुईपटक सगरमाथा आरोहण गर्ने पूर्ण गुरुङ, एक–एक पटक सगरमाथा आरोहण गर्ने मुलाल गुरुङ, बिसबहादुर गुरुङ, डम्बर गुरुङ, मनुमान गुरुङ, बिसबहादुर गुरुङ, तुल्सिङ गुरुङ र एकपटक मनासलु आरोहण गर्ने आशबहादुर गुरुङलाई सम्मान गरिएको अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए।

‘उहाँहरूले गाउँको इज्जत, प्रतिष्ठा बढाउने काम गर्नुभयो त्यसैले, हामीले सम्मान गरेका हौं’, उनले भने, ‘खुम्बु क्षेत्रका शेर्पा समुदायको त मुख्य पेशा नै आरोहण हो त्यसैले सगरमाथा आरोहण गर्नेको संख्या धेरै छ। तर पश्चिमतिर बसोबास गर्ने गुरुङ समुदायबाट यति धेरै सगरमाथा र अरू आठहजार मिटरभन्दा अग्लो हिमाल चढ्ने धेरै आरोही हाम्रै पालिकामा छन्। उनीहरूलाई अझै यस क्षेत्रमा लाग्न हौसला दिन हामीले सम्मान गरेका हौं।’


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.