मस्तिष्कमा माया

मस्तिष्कमा माया

न्युरोसाइन्स क्षेत्रमा कार्यरत भएकाले ‘मस्तिष्क’को शाब्दिक अर्थ ‘ब्रेन’ हो।

बब मार्लेको एउटा प्रसिद्ध भनाइ छ : ‘संगीतको एउटा राम्रो पक्ष के हो भने, जब यसले तपाईंलाई छुन्छ, तपाईंलाई पीडा महसुस हुँदैन।’ हामी यहाँ मेडिकल पेसामा आबद्ध व्यक्तिहरूको एक संगीत समूह ‘मस्तिष्क’ को बारेमा चर्चा गर्नेछौं ।

मस्तिष्क’ ब्यान्ड किन स्थापना 

हामी एकैखाले विचार राख्ने संगीतप्रेमी, मेडिकल पेसामा आबद्ध मानिसहरूको समूह हौं। यसमा उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पतालका डाक्टर, नर्स, फिजियोथेरेपिस्ट र मेडिकल विद्यार्थीहरूसमेत आबद्ध छन,् जसले गीत, संगीतलाई थकान मेट्ने र तनाव कम गर्ने एउटा माध्यम बनाएका छन्। 

मस्तिष्क ब्यान्ड क्रमशः बढ्दैछ। शिक्षण अस्पताल, महाराजगन्ज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, विभिन्न मेडिकल कलेजहरू तथा विदेशबाट छोटो अध्ययनका लागि आएका विद्यार्थीहरू यसमा समेटिएका छन्। हामी एउटा मान्यता राख्छौं, ‘हामी बिरामी निको पार्छौं र संगीतले हामीलाई निको पार्छ।’ सोही मान्यता लिएर हामीले यो सांगीतिक यात्रालाई अघि बढाएका छांै। 

‘मस्तिष्क’ नाम राख्नुको कारण
हामीले हाम्रो ब्यान्डको नाम राख्ने क्रममा पनि प्रजातान्त्रिक शैली अपनायौैं र त्यसका लागि सामाजिक सञ्जालमा फेब्रुअरी २०२३ को अन्त्यतिर सुझाव माग्यौं। सुझाव आएका ३२ वटा नाममध्ये १२ वटा नाम ‘द हिलर्स’, ‘हस्पिटल प्ले लिस्ट’, ‘मस्तिष्क’, ‘साइनेप्स,’ ‘न्युरोन,’ ‘डिभाइन स्काल्पल्स,’ ‘नसा दी ब्यान्ड’, ‘द हिमालयन न्युरोटोन्स’, ‘प्लेक्सस्’, ‘कोर्डियोलोजिस्ट’, ‘न्युरो कोर्डस्÷न्युरो मोडुलेटर्स’, र ‘मेडिक म्युजिक’ मत सर्वेक्षणमा परे। तीव्र प्रतिस्पर्धाबीच ‘मस्तिष्क’ नाम चुनियो। 

यो नाम आफैंमा रोचक छ। हामी न्युरोसाइन्स क्षेत्रमा कार्यरत भएकाले ‘मस्तिष्क’को शाब्दिक अर्थ ‘ब्रेन’ हो। साथै, यो ‘मस्ती’ (मज्जा) र ‘इश्क’ (प्रेम, चाहना) को सुखद संयोजन पनि हो, जसले संगीतप्रति हामी संगीतप्रेमीहरूको रमाइलो भावलाई प्रकट गर्छ।

nullडा. प्रत्यूष श्रेष्ठ
एमएस, एमसीएच (न्युरो सर्जरी) वरिष्ठ न्युरोसर्जन, न्युरो अस्पताल बाँसबारी

डाक्टरहरू बिरामीको उपचार सेवामै अत्यन्त व्यस्त 
हामी आम मानिसमा भएको यही धारणा परिवर्तन गर्न चाहन्छौं। सन् २०१४ मा मैले प्रा.डा.उपेन्द्र देवकोटाअन्तर्गत रहेर न्युरोसर्जिकल तालिम लिँदा काम अत्यधिक गाह्रो थियो, कहिलेकाहीँ ३२ घण्टासम्म लगातार ड्युटी गर्नु पथ्र्यो तर यही बेला मैले महसुस गरेँ कि जब म साथीहरूसँग गाउँथे या गितार बजाउथेँ, मेरा थकाइ र पीडा कता हराउँथे, हराउँथे। म आफैं निको हुन्थेँ। 

संगीतले बिरामीलाई निको पार्छ 
निश्चय पनि पुरातन संस्कृतिदेखि आधुनिक चिकित्सा प्रणालीसम्म संगीतलाई मानसिक र शारीरिक उपचारका लागि अत्यन्त प्रभावकारी मानिन्छ। यसले चिन्ता, डिप्रेसन घटाउन, मानसिकता सुधार गर्न, स्मरणशक्ति बढाउन सघाउँछ। पश्चिमी मुलुकहरूमा क्यान्सरका बिरामी, नवजात शिशु, मरणासन्न अवस्थामा रहेका बिरामी, न्युरोलोजिकल अवस्थाहरू (जस्तैः पार्किन्सन्स्, अल्जाइमर, स्ट्रोक) र मानसिक स्वास्थ्यमा संगीतको प्रयोग व्यापक छ। वैज्ञानिक शोधखोज गरिने PubMed मा 'music and healing' मा ४ सयभन्दा बढी वैज्ञानिक लेखहरू छन्। यसले संगीत र उपचारबीच वैज्ञानिक अन्तर सम्बन्ध भएको पुष्टि हुन्छ। null

उपचारका क्रममा बिरामीहरूलाई पनि संगीतको उपयोग
संगीतमार्फत उपचारमा सहज भएको हामीसँग एउटा रमाइलो अनुभव छ। एक जना २० वर्षका युवक, जो गायक र गिटारिस्ट पनि हुन्, उनी टाउकोको गम्भीर चोटबाट सिकार हुन पुगे। उनको बोलीमा र दाहिने हातको चालमा समस्या हुन पुग्यो। मस्तिष्कको बायाँ भागमा असर परेपछि हामीले उनको टाउको हड्डीको एक भाग हटाउनु पर्‍यो। एउटा गायक र गिटारिस्टका लागि त्योभन्दा पीडा के हुन सक्ला ? 

हाम्रो अस्पतालको एउटा कुनामा गीत गाउने र संगीत अभ्यास गर्ने छुट्टै कोठा छ। एकान्तमा रहेकाले यसबाट अन्य बिरामीलाई होहल्ला हुँदैन। हामीले उनलाई त्यहाँ लग्यौं। यसरी गीत गाउन कोसिस गरिरहँदा उनको बोलीमा सुधार आयो। उनको दाहिने हात चलाउन सक्ने अवस्था त थिएन तर डिस्चार्जका बेला हामीले उनलाई अस्पतालको १८औं वार्षिकोत्सवमा गीत प्रस्तुत गर्ने जिम्मा दियौं। उनले नीतिशजंग कुँवरको गीत ‘हाम्रो नेपालमा’ गाए, जुन कार्यक्रमकै उत्कृष्ट प्रस्तुति बन्यो। उनले गितार बजाउन नसके पनि हाम्रो ‘मस्तिष्क’ ब्यान्डका सदस्यले गितार बजाएर साथ दियौं। उनको प्रस्तुति हाम्रो युट्युब च्यानलमा हेर्न सकिन्छ। 

‘मस्तिष्क’ को युट्युब च्यानल
हामी युट्युब र टिकटकमा MASTISKA नामले, र इन्स्टाग्राममा Mastiska–music  नामले उपलब्ध छौं । ब्यान्ड भनिसकेपछि धेरैले प्रश्न सोध्नुहुन्छ, ‘तपाईंहरूले आफ्नै मौलिक गीतहरू निकाल्नुभएको छैन ? हामी स्पष्ट पार्न चाहन्छौं, ‘हाम्रो उद्देश्य लोकप्रियता होइन, हामी संगीतमार्फत आफू र बिरामीहरू निको पार्न चाहन्छौं। हामी हाम्रो समय र शक्ति न्युरो साइन्सको क्षेत्रमा बिरामीहरूको उपचारमा खर्च गर्न चाहन्छौं। हामी पेसेबर संगीतकर्मीसँग प्रतिस्पर्धा गर्न चाहँदैनौं।’ 

तर, हामीले NEUROCON–I  २०२३ मा पहिलो मौलिक गीत ‘जीवन अमूल्य’ सार्वजनिक गर्यौं। हाम्रो दोस्रो गीत ‘जन्ती’ पनि तयार छ। न्युरो साइन्टिस्ट भएका हिसाबले हामी ‘माया मुटुमा होइन, दिमागमा हुन्छ’ भन्ने भावमा गीत, संगीत तयारी गरिरहेका छौं जसमध्ये एक पंक्ति यस्तो छ ः ‘माया त तरंग हो मस्तिष्कको (केमिकल लोचा) डोपामिन र सेरोटोनिनको’। स्वर सम्राट नारायण गोपाल, गुलाम अलिदेखि विलियम वर्डस् वर्थसम्म सबै मायालाई मुटुसँग जोड्छन् तर माया–प्रेम मुटुमा हुने कुरा हैन नि, यो त मस्तिष्कमा हुन्छ। 

मस्तिष्कको सांगीतिक प्रस्तुति  

हामीले पहिलो प्रस्तुति EUROCON–I  (२०२३) मा रेडिसन होटलमा गरेका थियौं र त्यसपछि याक एन्ड यती होटलमा हुने ल्भ्ग्च्इऋइल्–क्ष्क्ष् मा प्रस्तुत गर्ने तयारीमा छांै। आर्मी अफिसर्स् क्लबमा भएको नेपाल सोसाइटी अफ भास्कुलर इन्टरभेन्सन रेडियोलोजी (ल्क्ख्क्ष्च्) को कार्यक्रम, शिक्षण अस्पताल महाराजगञ्जको बेसिक साइन्स भवनको कार्यक्रममा र होटल अनुप्रस्थमा सञ्जय श्रेष्ठ, सञ्जीव प्रधानहरूजस्ता प्रख्यात गायकले गाउनुअघि नयाँ वर्षको संगीत महोत्सवमा हामीले प्रस्तुति दिएका थियौं। 

चिकित्सा पेसामा ‘वर्क लाइफ ब्यालेन्स’  
‘वर्क लाइफ ब्यालेन्स’ सम्भव छ। हामीले सुनेका छौं कि धेरै चिकित्सकले यसको व्यवस्थापन गर्न नसक्दा धेरै समस्या भोग्नुपरेको छ। हामीले पाउने एउटा जीवन हो, एउटा जीन्दगानी हो। पहिला एउटा मान्यता थियो कि ६० वर्षसम्म निरन्तर काम गर्ने र त्यसपछिको समयमा मात्रै रमाइलो गर्ने तर अब ती दिनहरू गइसके। ‘मस्तिष्क’ले तपाईंको शारीरिक र मानसिक स्वास्थ्यलाई प्राथमिकता दिन जोड दिन्छ। 

हामी हाम्रो कार्यस्थलमा एउटा त्यस्तो वातावरण निर्माण गर्न चाहन्छौं, जहाँ सबै कर्मचारीहरू एकैपटक आउने, संगीतको आनन्द लिने, वरिष्ठ र कनिष्ठको कुनै भेदभाव नहुने तथा सबैमा अन्तरक्रियाको वातावरण हुने। सँगै बसेर संगीतमा रमाउँदा सबैबीचको सम्बन्ध, समझदारी र समन्वय बढ्छ। अनि, जब मेडिकल पेसाकर्मीहरू खुसी, सुखी हुन्छन्, उनीहरूले पनि बिरामीहरूलाई पूर्ण मिहिनेतसाथ अझ राम्रोसँग निको पार्न सक्छन्। 

‘मस्तिष्क’मा सदस्य 

यो एउटा अत्यन्त कठिन प्रश्न हो। चिकित्सा क्षेत्रमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आबद्ध चिकित्सक वा बिरामीसमेत जसलाई संगीत मनपर्छ, ती सबै ‘मस्तिष्क’को सदस्य हुन सक्नुहुन्छ। हाम्रो मुख्य उद्देश्य भनेको आफू स्वस्थ रहनु र बिरामीलाई संगीतमार्फत उपचार गर्नु नै हो। 

हामी ‘मस्तिष्क’ लाई उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड अलाइड साइन्सेजमा मात्रै सीमित नगरीकन यसलाई नेपालभर र अझ नेपालभन्दा बाहिर पनि फैलाउन चाहन्छौं। अन्य बिरामीलाई निको पार्ने मेडिकल पेसामा आबद्ध स्वास्थ्यकर्मीलाई पनि निको पार्न चाहन्छौं ताकि उनीहरूले आफ्ना बिरामीहरू अझै राम्रोसँग उपचार गर्न सकून्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.