कैलाली कारागारमा व्यापारीको मृत्यु प्रकरणले डडेलधुरामा तनाव

कैलाली कारागारमा व्यापारीको मृत्यु प्रकरणले डडेलधुरामा तनाव

डडेल्धुरा : डडेलधुराका एक व्यापारीको कैलाली कारागारमा मृत्यु भएको छ। भागेश्वर गाउँपालिका-५ का २८ वर्षीय हरिषसिंह पालीको कैलाली कारागारमा पक्राउ परेको दुई दिनमै मृत्यु भएको हो। 

पालीको मृत्यु शंकास्पद भएको भन्दै जिल्ला सदरमुकाम डडेल्धुरामा स्थानीय आन्दोलित भएका छन्। मृतकको शरीरमा निलडाम र घाउ देखिएपछि उनका आफन्तले प्रहरी हिरासतमा पालीको मृत्यु शंकास्पद् भएको आरोप लगाएका छन्। 

मृतक पाली बैंकिङ कसूरमा गत २९ फागुनमा कैलाली जिल्ला अदालतले १० दिन कैद र दुई लाख जरिवाना तोकेको थियो। सोही सजाय कार्यान्वयन गर्न पालीलाई डडेलधुराको अमरगढी नगरपालिका-५ स्थित तुफानडाँडाबाट पक्राउ गरिएको थियो। 

केही दिनअघि पक्राउ परी कारागार चलान गरिएका पाली असार २ गते राति बिरामी भएपछि अस्पताल पुर्‍याइएको र उपचारका क्रममा मृत्यु भएको दाबी प्रहरीको छ। परिवारले पनि यसलाई सामान्य मृत्यु नभई पूर्वनियोजित हत्या भएको जनाएका छन्।

कारागार प्रशासनले सीसीटीभी फुटेज बिग्रिएको भन्दै नदेखाएपछि आफन्तको आशंका झनै बढेको हो। परिवारले निष्पक्ष छानबिन र दोषीलाई कारबाही नभएसम्म शव नबुझ्ने अडान लिएको छ। शव दुई दिनदेखि अस्पतालमै छ। उक्त घट्नालाई लिएर जिल्ला सदरमुकाम डडेल्धुराका स्थानीय र व्यापारी आन्दोलित भएका छन्। 

स्थानीयले बुधबार दिनभर बागबजार र राजमार्ग अवरुद्व गरेका छन्। पालीको प्रहरीले नै हत्या गरेको आरोप लगाउँदै डडेलधुरा सदरमुकाम बजार र राजमार्ग बन्द गरिएको हो। घटनाको अनुसन्धान हुनुपर्ने माग गर्दै बजार र राजमार्ग बन्द गरिएको उद्योग वाणिज्य संघ डडेल्धुराका उपाध्यक्ष दीपक महताले जानकारी दिए।  

कारागारभित्र प्रहरीले नै कुटपिट गरेर पालीको हत्या गरेको आरोप मृतकका आफन्तको छ। मृतकका आफन्त जगदीश रावलले भने, ‘कारागारभित्रै यातना दिइएको थियो। शरीरमा निलडाम छन्, घटनाको सत्य तथ्य अनुसन्धान हुनुपर्छ।’ मृतक पाली डडेलधुरा सदरमुकाम व्यवसायी पनि हुन्।

कैलाली प्रहरीले पालीलाई पक्राउ गर्नुअघि कञ्चनपुरको महेन्द्रनगरमा पनि उनलाई दुई घण्टा हिरासतमा राखिएको बताइएको छ। त्यहाँ प्रहरीले उनीबाट रकम असुली गरेको आरोप पनि आफन्तले जनाएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.