स्नायुविज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

स्नायुविज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु
स्नायुविज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ‘न्युरोकन–२’को बुधबार काठमाडौंमा उद्घाटन गरिँदै । तस्बिर : सुनिता डंगोल


काठमाडौं : स्नायुविज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ‘न्युरोकन– २’ काठमाडौंमा सुरु भएको छ । नेपालको आधुनिक स्नायु स्वास्थ्य विज्ञानका ‘पिता’ मानिने प्रा.डा. उपेन्द्र देवकोटाका ७औं पुण्यतिथि पारेर उपेन्द्र देवकोटा फाउन्डेसनले ‘स्नायुविज्ञानको विकासक्रम एवं नवप्रवर्तन’ भन्ने मूल नारासहित स्नायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ‘न्युरोकन–२’ बुधबारबाट काठमाडौंमा सुरु भएको हो । 

फाउन्डेसनका अध्यक्ष प्रा.डा. मधु दीक्षितले प्रा.डा. उपेन्द्र देवकोटाले थालेको अनुकरणीय कार्यको निरन्तरताको लागि फाउन्डेसनले काम गरिरहेको बताइन् । सम्मेलनमा चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीले प्राविधिक दक्षताका साथै सम्पर्क र सञ्जालमार्फत स्वास्थ्य सेवा अझै सुधार हुने विश्वास व्यक्त गरिन् । 

असार ४ र ५ गते हुने सम्मेलनमा स्नायुविज्ञानका विभिन्न विधा न्युरो सर्जरी, न्युरो–मेडिसिन, न्युरो–रेडियोलोजी, न्युरो–इन्टरभेन्सन, न्युरो–ओटोलोजी, न्युरो–एनेस्थेसिया, न्युरो–साइक्याट्री, न्युरो नर्सिङ एवं पुनस्र्थापनाका बारेमा देश तथा विदेशका विशेषज्ञ, चिकित्सकहरूले कार्यपत्र प्रस्तुत हुने जनाइएको छ । 

सम्मेलनपूर्व असार २ र ३ गते अस्पताल परिसरमा नै ‘प्रि–कन्फरेन्स’ आयोजना गरिएको थियो । सम्मेलन पूर्व नै हुने मानव शवको प्रयोगात्मक सीप कार्यशालाका साथै नर्सहरूको कलागि एड्भान्स कार्डियाक लाइफ सपोर्ट तालिम आयोजना गरिएको प्रमुख कार्यकारी अधिकृत मिलन गुरुङले जानकारी दिए ।

प्रा. डा. डेविड टेरेन्स होपलाई उपेन्द्र देवकोटा पुरस्कार 
उपेन्द्र देवकोटा फाउन्डेसनले वरिष्ठ स्नायु शल्यचिकित्सक प्रा.डा. डेबिड टेरेन्स होपलाई उपेन्द्र देवकोटा पुरस्कार प्रदान गरेको छ । फाउन्डेसनले आयोजना गरेको ‘न्युरोकन– २’ को औपचारिक कार्यक्रममा होपलाई पुरस्कार प्रदान गरिएको हो । nullवरिष्ठ स्नायु शल्यचिकित्सक प्रा.डा. डेविड टेरेन्स होपलाई उपेन्द्र देवकोटा पुरस्कार प्रदान गरिँदै ।

बेलायतको किविन्स मेडिकल सेन्टर, नटिङहम युनिभर्सिटीमा वरिष्ठ स्नायु शल्यचिकित्सकबाट सेवा निवृत्त भएका होपले नेपालमा १५ वर्षभन्दा बढी समयदेखि स्नायुशिक्षा प्रदान गर्न मद्दत गर्दै आएका छन् । 

प्रा. डा. उपेन्द्र देवकोटाका सहकर्मी समेत रहेका होपले वीर अस्पताल, नाम्स्देखि न्युरो अस्पताल बाँसबारीमा समेत सेवा प्रदान गरेका थिए । 
कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत वाग्ले, स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेल, उपेन्द्र देवकोटा फाउन्डेसनका अध्यक्ष प्रा.डा. मधु दीक्षित देवकोटा, सम्मानिन्त व्यक्तित्व प्रा.डा. होप, आयोजक समितिका संयोजक डा. सुरज थुलुङ, सचिव डा. सागर कोइराला लगायतले आधुनिक स्नायु शल्यचिकित्साको क्षेत्रमा प्रा.डा. उपेन्द्र देवकोटाले गरेको योगदानबारे चर्चा गरेका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.