झापामा जंगली हात्तीको आक्रमणबाट घाइते श्रेष्ठको मृत्यु

झापामा जंगली हात्तीको आक्रमणबाट घाइते श्रेष्ठको मृत्यु
सांकेतिक तस्बिर।

झापा : झापामा जंगली हात्तीको आक्रमणबाट घाइते भएका ६८ वर्षीय पूर्णबहादुर श्रेष्ठको मृत्यु भएको छ। मेचीनगर नगरपालिका-१ दुर्जन चोकका श्रेष्ठको गएराति ८.२० बजे घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक प्रवीण श्रेष्ठले जानकारी दिए।  

उनका अनुसार मेचीनगर नगरपालिका-१ दुर्जन चोकका श्रेष्ठलाई असार २ गते बिहान आफ्नै बारीमा एउटा जंगली हात्तीले आक्रमण गरेको थियो। आक्रमणबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि परिवारजनले बुधबार साँझ उनलाई अस्पतालबाट घर लिएर गएका थिए।

बुधवार साँझ पनि हात्तीको आक्रमणबाट भद्रपुर नगरपालिका १० फूलबारी गाउँका २१ वर्षीय विशाल सोरेन घाइते भएका छन्। उनको उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.