छिर्केमिर्के लामखुट्टेले सार्छ है, डेंगु

छिर्केमिर्के लामखुट्टेले सार्छ है, डेंगु

डेंगु ज्वरो एडिज जातको लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ। यो लामखुट्टे अन्य लामखुट्टेभन्दा अलि ठुलो आकारको र कालोसेतो छिर्केमिर्के रङको हुन्छ। यो लामखुट्टे सहर तथा नगरउन्मुख गाउँपालिकाहरूमा बढी पाइन्छ। डेंगु ज्वरो अति तीव्र खाले विषाणुजन्य रोग हो।

यसका लक्षणहरू

– एक्कासि ३ देखि ५ दिनसम्म ज्वरो आउने

– बेस्सरी टाउको दुख्ने

– मांसपेशी तथा जोर्नीहरू दुख्ने

– आँखाको गेडी दुख्ने

– अरुचि हुने, पेट तथा आन्द्रामा गडबडी हुने 

– केही बिरामीमा सुरुमै शरीर रातो बिमिरा आउने

– नाक तथा गिजाबाट रगत बग्ने र छालामुनि रक्तस्राव हुने

कसरी जोगिने ? 

– डेंगु ज्वरो लामखुट्टेको टोकाइबाट सर्ने भएकोले यसको टोकाइबाट बच्नको लागि, पूरा शरीर छोपिने लुगा लगाउने र दिउँसो सुत्दा पनि झुलको प्रयोग गर्नु पर्दछ। हात खुट्टामा लामखुट्टे भगाउने क्रिम लगाउनाले पनि लामखुट्टेको टोकाइबाट बच्न सकिन्छ।

– डेंगु सार्ने एडिज् लामखुट्टेले मानिसको बस्ती वरिपरि प्राकृतिक वा कृत्रिम रूपले जमेको पानी जस्तै मर्मत गर्न राखेका वा फ्याकेका टायरहरू, बाटा, बाल्टिन, प्लेटसहितको गमला, एयर कन्डिसनर, लोटा, गिलास, कतारो, खुल्ला बोतलहरू, थोरैभन्दा थोरै पनि पानी जम्ने भाँडाहरू (जस्तै सिसीको बिर्को), खुल्ला पानीको ट्यांकी वा खुल्ला पानीका भाँडाहरूमा फुल पारी वृद्धि विकास गर्ने भएकोले आफैंले लामखुट्टेका यस्ता बासस्थान खोजी तथा लार्भा नष्ट गर्नु पर्दछ।

– डेंगु ज्वरोको शंका लागेमा नजिकको स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्क गर्नु पर्दछ। यो रोग चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको प्रत्यक्ष निगरानीमा उपचार गरे निको हुन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.