भारत–इङ्ल्यान्ड टेस्ट शृङ्खला : गिल–जैसवालपछि ऋषभ पन्तले बनाए शतक
काठमाडौं : लिड्समा खेलिएको पहिलो टेस्ट खेलमा भारतीय ब्याट्सम्यान ऋषभ पन्तले शतक प्रहार गरेका छन्। पन्त यस खेलमा शतक बनाउने तेस्रो भारतीय ब्याट्सम्यान हुन्।
उनले १४६ बलमा १० चौका र चार छक्काको मद्दतले शतक पूरा गरे। टेस्ट म्याचको दोस्रो दिन अहिलेसम्म भारतले तीन विकेट गुमाएर ४०० भन्दा बढी रन बनाएको छ।
केएल राहुलले ४२ रन बनाए भने साई सुदर्शन शून्य रनमा आउट भए।
यसअघि शुक्रबार खेल सुरु हुँदा भारतीय टोलीका कप्तान शुभमन गिल र यशस्वी जयस्वालले शतक प्रहार गरेका थिए।
जयस्वाल १५९ बलमा १०१ रन बनाएर आउट भए। उनले १६ चौका र एक छक्का प्रहार गरे।
शुभमन गिल भने अझै पनि क्रिजमा छन्। उनले १४० बलमा १४ चौका प्रहार गर्दै आफ्नो शतक पूरा गरे।
टेस्ट म्याचमा इङ्ग्ल्याण्डका कप्तान बेन स्टोक्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरे।
विराट कोहली र रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्न्यास लिएपछि भारतले शुभमन गिलको कप्तानीमा पहिलो पटक टेस्ट खेल्दैछ।
प्रतिक्रिया दिनुहोस !