माइक्रोबस दुर्घटनाका तीन घाइते चितवन रिफर, ६ डिस्चार्ज

माइक्रोबस दुर्घटनाका तीन घाइते चितवन रिफर, ६ डिस्चार्ज

गोरखा : गोरखा–आँबुखैरेनी सडकखण्डको १५ किलो भन्ने ठाउँमा माइक्रोबस दुर्घटनामा घाइते भएका नौ जनामध्ये तीनजनालाई चितवन रिफर गरिएको छ। छ जना डिस्चार्ज भएका छन्।

पूर्वीनवलपरासीबाट गोरखा भ्रमण सकेर फर्कने क्रममा भएको माइक्रोत्रस दुर्घटनामा परी घाइते भएका ४५ वर्षकी सरस्वती अधिकारी, ५८ वर्षकी सुकमाया बराम र ५७ वर्षकी जितकुमारी ढुङ्गानालाई चितवन मेडिकल कलेज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। बाँकी ६ जना प्रदेश अस्पताल गोरखामा उपचारपछि डिस्चार्ज भएका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए।

शनिबार दिउँसो १२:३० बजे ध १ ख ४६२ नम्बरको माइक्रोबस पल्टँदा त्यसमा सवार १६ जना यात्रुमध्ये नौ जना घाइते भएका थिए। घाइतेहरु सबै पूर्वी नवलपरासीको देवचुली नगरपालिका-२ का हुन्। प्रहरीका अनुसार सो ठाउँ निवासी ३७ वर्षीया तारामाया गाहा, ४५ वर्षकी सरस्वती अधिकारी, ५७ वर्षकी जितकुमारी ढुङ्गाना, ४८ वर्षीया थमकुमारी महत र ४७ वर्षकी धनकुमारी पोख्रेल घाइते भएका छन्। 

त्यस्तै सोही ठाउँ बस्ने ५५ वर्षका राजन रेग्मी, ५८ वर्षकी सुकमाया बराम, ४० वर्षकी सन्तमाया सुनार र ४५ वर्षकी रिता थापा क्षेत्री घाइते भएका डिएसपी सुवेदीले बताए। ढुंगाना, बराम र अधिकारीबाहेक सबै उपचारपछि घर फर्केका छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.