क्यानडा विश्वकपमा छनोट, ७ टोलीको निर्णय हुन बाँकी
काठमाडौं : आइसीसी पुरुष टी–२० विश्वकप २०२६ अर्को वर्ष फेब्रुअरी–मार्चमा भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्दैछन्। क्यानडाको टोली पनि यस टी–२० विश्वकपका लागि छनोट भएको छ।
टी–२० विश्वकपका लागि खेलाइँदै गरेको अमेरिका क्षेत्र छनोटमा क्यानडाले लगातार पाँच खेल जितेपछि आफ्नो स्थान सुरक्षित गरेको हो।
विश्वकपका लागि १३ टोलीको टुंगो, ७ स्थान बाँकी
क्यानडा २०२६ को विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्ने १३ औँ टोली हो। भारत र श्रीलंका बाहेक अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इङ्गल्याण्ड, दक्षिण अफ्रिका, संयुक्त राज्य अमेरिका, वेस्ट इन्डिज, आयरल्याण्ड, न्यूजील्याण्ड र पाकिस्तानले पनि यस प्रतियोगिताको टुंगो लागिसकेको छ। २०२६ को विश्वकपका लागि अब सात टोलीको निर्णय हुन बाँकी छ।
अब विश्वकप २०२६ मा २ टोलीले युरोपेली छनोट, २ टोलीले अफ्रिका छनोट र ३ टोलीले एशिया छनोटबाट आफ्नो स्थान बनाउनेछन्।
प्रतिक्रिया दिनुहोस !