इरानका सर्वोच्च नेताले भने– आक्रमणबाट अमेरिकाले कुनै सफलता हासिल गरेन
काठमाडौं : इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकाले आफ्नो देशको आणविक स्थलमा आक्रमण गरेर केही पनि प्राप्त नगरेको बताएका छन्।
खामेनीले अमेरिकाले इरानको आणविक कार्यक्रम रोक्ने प्रयासमा कुनै उल्लेखनीय सफलता हासिल नगरेको बताएका हुन्।
उनले कतारस्थित अमेरिकी हवाई अड्डामा इरानको आक्रमणलाई ठुलो प्रहार भनेका छन्।
अमेरिकाले इरानको आणविक स्थलमा गरेको आक्रमणले ठुलो क्षति पुर्याएको दाबी गरिरहेका बेला खामेनीले यस्तो बताएका हुन्।
यसैबीच अमेरिकी रक्षामन्त्रीले अमेरिका र इजरायलले प्राप्त गरेको गुप्तचर जानकारी अनुसार आक्रमणले इरानको आणविक कार्यक्रमलाई धेरै वर्ष पछाडि धकेलिएको बताए।
प्रतिक्रिया दिनुहोस !