वर्षायाममा हैजा, झाडापखाला होला नि !
वर्षात्को समय छ। वर्षायाममा हैजा, झाडापखालाको हुने जोखिम उच्च हुन्छ। त्यसैले व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ। हैजा तथा झाडापखालालगायत पानीजन्य रोगहरूबाट बच्न स्वस्थ व्यवहार अपनाउनु पर्दछ।
- खानेकुरा सफा भाँडाले ढाकेर राखौं।
- शुद्धीकरण गरिएको पानी मात्र पिऔं।
- खानेपानीलाई सधैं सफा भाँडामा ढाकेर राखौं। सफा भाँडाले मात्र खानेपानी निकालौं।
- खानेकुरालाई राम्ररी पकाएर मात्र खाऔं। सडेगलेको, बासी र झिंगा भन्केका खानेकुरा नखाऔं।
- खाना बनाउनुअघि, खाना खानु वा खुवाउनु अघि, दिसापिसाब गरेपछि वा बालबालिकाको दिसा धोएपछि, फोहोर चलाएपछि, घर वा कार्यालय छिर्नु अघि, बाहिरी सामान छोएपछि साबुनपानीले मिचिमिची हात धोऔं।
प्रतिक्रिया दिनुहोस !