मालपोतमा दुई दिनदेखि ‘सर्भर डाउन’, सेवाग्राही मारमा

मालपोतमा दुई दिनदेखि ‘सर्भर डाउन’, सेवाग्राही मारमा

झापा : भूमिसुधार तथा मालपोत कार्यालयको अनलाइन प्रणालीको सर्भर डाउन हुँदा झापाको सेवा अवरुद्ध बनेको छ। 

मालपोत कार्यालय बाहिर भूसेवा केन्द्रमार्फत लेखापढी व्यवसायीका लागि ल्यान्ड रिकर्ड इनफरमेसन मेनेजमेन्ट सिस्टम (एलआरआइएमएस) तथा कार्यालयका कर्मचारीका लागि पाम (पब्लिक ऐक्सेस मोडेल) प्रणालीमा समस्या आएको कारण दुई दिनदेखि सेवा अवरुद्ध बनेको हो। 

छिटोछरितो सेवा दिने उद्देश्यले सुरु गरेको अनलाइन प्रणालीमै समस्या आउँदा सेवाग्राहीले सास्ती पाएका छन्। सेवा अवरुद्ध हुँदा जिल्ला भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरमा पुगेका अधिकांश सेवाग्राही सर्भर आउने आसमा घण्टौँ कुर्न बाध्य बनेका छन्। दमकबाट जग्गा पास गर्न आएकी दमक–५ की कुमारी न्यौपाने बुधवार बिहानदेखि सर्भर कुरेर बसिरहेको बताइन्। त्यस्तै दमक–९ बरगाछीकी इन्दिरा सङ्ग्रौलाको एकैदिनमा हुनुपर्ने काम नभएपछि उदास देखिएकी थिइन्। उनले भनिन्,‘यति टाढाबाट आउजाउ गर्दा पैसा र समय दुवै खर्च हुने भयो ।’ 

सर्भर नचल्दा जग्गा खरिदबिक्री, रोक्का, फुकुवा, नामसारी, हाल साबिक, वर्गीकरण जस्ता काम ठप्प बनेको छ। भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरका अधिकृत तथा सूचना अधिकारी मोहन दर्जीले दुई दिनदेखि एलआरआइएमएस र पाम प्रणालीमा समस्या आएको बताए। भूमि व्यवस्था तथा अभिलेख विभागको सफ्टवेयरमा समस्या आएको बताउँदै सूचना अधिकारी दर्जीले भने, ‘झापा मात्र नभई अधिकांश जिल्लाका कार्यालयमा यो समस्या आउँदा सेवा प्रभावित बनेको हो।’ सर्भर नचल्दा मंगलबार सूचना पनि प्रकाशन गर्न नसकिएको उनले बताए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.