हामी अहिले पनि आन्दोलनको तयारीमै छौँ : अध्यक्ष लिङ्देन

हामी अहिले पनि आन्दोलनको तयारीमै छौँ : अध्यक्ष लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू अहिले पनि आन्दोलनको तयारीमै रहेको बताएका छन्। राप्रपाले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तसंवाद कार्यक्रममा उनले यथास्थितिको अन्त्य गरेर नयाँ सम्झौता र समझदारीबाट देशलाई अगाडि बढाउन तयारीमा रहेको बताएका हुन्।  

उनले ठिक तरिकाले संगठन निर्माण गर्न नसक्दा र आम जनतालाई ठिक तरिकाले बुझाउन नसक्दा यसअघिको आन्दोलनलाई प्रभावकारी र परिणाममुखी बनाउन नसकेको उनले बताए। पार्टीले गर्ने संगठनको सबै क्रियाकलापहरू आन्दोलनको तयारीको रूपमै बुझ्न उनले आग्रह गरे।

अध्यक्ष लिङ्देनले देशमा भ्रष्टाचार व्याप्त भएकाले सवैमाथि छानबिन गरेर दण्डित गर्नुपर्नेमा जोड दिए। नेताले नियुक्ति गरेका मान्छेहरूले नेतालाई कारबाही गर्न नसक्ने भएकाले व्यवस्थामा समस्या रहेको उनले धारणा राखे।  

अध्यक्ष लिङ्देनले बिचौलियाले तय गरे अनुसार कानुन बन्ने र नियुक्त हुने देखिएकाले नेतामात्रै फेरेर मुलुकको अवस्थामा  परिवर्तन नहुने जिकिर गरे। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.