गोरखाका चन्द्र गुरुङको दुबईमा मृत्यु, शव पर्खंदै आफन्त

गोरखाका चन्द्र गुरुङको दुबईमा मृत्यु, शव पर्खंदै आफन्त

गोरखा : तीन वर्षअघि वैदेशिक रोजगारीका सिलसिलामा दुबई गएका गोरखाका चन्द्रबहादुर गुरुङको विदेशमै मृत्यु भएको छ। चुमनुब्री गाउँपालिका— ३ पाङसिङका ४४ वर्षीय गुरुङको केही दिनअघि निधन भएको स्थानीय बुद्ध गुरुङले जानकारी दिए।

हृदयघातका कारण हिँड्दाहिँड्दै बाटोमा ढलेर मृत्यु भएको खबर प्राप्त भएको गुरुङले जानकारी दिए। उनको शव बिहीबार राति नेपाल आइपुग्ने भन्दै आफन्तहरू पर्खाइमा छन्। ‘राति ११ बजे शव आइपुग्छ भनेर सिर्दिबास काठमाडौं सम्पर्क समिति एयरपोर्टमा पर्खिएका छन्। सोतीसम्म नेपाल सरकारले एम्बुलेन्समा ल्याइदिने खबर आएकाले मृतककी छोरी सोतीमा गएर पर्खिरहेकी छिन्’, गुरुङले भने।

बेखर्ची भएपछि उनी केही समयदेखि चर्को तनावमा रहेको उनले बताए। ‘काम गरेको कम्पनीमा भिसा सिद्धिएको रहेछ। नेपाल आउन लाग्दा राहदानीको पनि म्याद सकिएको रहेछ। दुई पटकसम्म नेपाल फर्कने प्रयास गर्दा पनि फर्काइदिएको रहेछ’, स्थानीय बुद्ध गुरुङले भने, ‘पैसा पनि सकियो। भिसा, पासपोर्टको म्याद पनि सकिएको, श्रम स्वीकृति पनि सकिएकाले बेस्सरी तनावमा रहेछ।’

खान, बस्न पनि समस्या भएपछि तनावकै अवस्थामा मृत्यु भएको हुनसक्ने उनले बताए। उनको मृत्यु भएको एक सातापछि मात्र घर परिवारले जानकारी पाएको उनले बताए। गुरुङको घरमा श्रीमती, एक छोरा र एक छोरी छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.