हिमाली भेगमा दलाई लामाको ९०औं जन्मोत्सव मनाइयो

हिमाली भेगमा दलाई लामाको ९०औं जन्मोत्सव मनाइयो

गोरखा : बुद्धमार्गीका धर्मगुरु १४औं दलाई लामाको जन्मोत्सव हिमाली भेगमा धुमधामले मनाइएको छ। गोरखा, मनाङलगायत हिमाली भेगका बुद्धमार्गीको मात्र बसोबास रहेका गाउँहरूमा लामाको ९० औं जन्मोत्सव मनाइएको हो।

गोरखाको तिब्बती सिमानामा रहेको चुमनुब्री गाउँपालिकाका विभिन्न गाउँबस्तीमा दलाई लामाको पूजाआजा गरी तस्बिरमा खादा र माला लगाएर धूप बाली दीर्घायुको कामना गरेर जन्मोत्सव मनाइएको छ। 

बुद्धमार्गीका प्रमुख धर्मगुरु दलाई लामाको जन्मोत्सवको अवसरमा आइतबार चुमनुब्री–७, छेकम्पारमा भक्तजनहरूले प्रार्थना गर्दै राजेन गुम्बा परिक्रमा गरेका छन्। राजेन गुम्बामा पढ्ने भिक्षुहरू, लामागुरुहरू तथा गाउँका स्थानीयवासीहरूले झन्डा बोक्दै, जयजयकार गर्दै गाउँ परिक्रमा गरेका थिए। साथै गुम्बामा आयोजित समारोहमा प्रत्येकले पूजाआजा गरी लामाको तस्बिरमा खादा ओढाउँदै सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका थिए।

त्यस्तै, चुमनुब्री गाउँपालिका–१, साम्दोमा पनि धुमधामले दलाई लामाको जन्मोत्सव मनाइएको छ। स्थानीय तेगा गुम्बामा आइतबार दिउँसो गाउँलेहरू भेला भई उनको तस्बिरमा खादा र माला लगाई धूप बालेर शुभकामना व्यक्त गरेका थिए। साथै केक काटेर नाचगान गरेर जन्मोत्सव मनाइएको थियो।

तिब्बतको सिमानामा अवस्थित मनाङको फू गाउँमा पनि दलाई लामाको जन्मोत्सव धुमधामले मनाइएको छ। स्थानीय टासी लखाङ गुम्बामा पूजापाठ गरी, बत्ती बालेर दलाई लामाको जन्मोत्सव मनाइएको हो।

बुद्ध धर्मावलम्बीहरूको मात्र बसोबास रहेका गोरखा, मनाङलगायत अन्य जिल्लाका गाउँबस्तीहरूमा पनि उनको जन्मोत्सव मनाउने गरिन्छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.