श्रीमान अर्कै युवतीको कोठामा गएको चाल पाएपछि साथी भेला गराइ कुटपिट, एकको मृत्यु, छजना पक्राउ

श्रीमान अर्कै युवतीको कोठामा गएको चाल पाएपछि साथी भेला गराइ कुटपिट, एकको मृत्यु, छजना पक्राउ
सुन्नुहोस्

झापा : झापामा सामूहिक कुटपिटबाट एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका- ४ भाङवारी घर भई हाल वडा नम्बर ८ शनिश्चरे क्याम्पस नजिक बस्ने २२ वर्षीया गंगा राई रहेकी छन् । आफ्ना श्रीमान् गंगाको कोठामा गएको झोकमा सुस्मिता भुसालले साथी भेला गराई सामूहिक कुटपिट गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मंगलबार राति ११:३० बजे भोजपुर रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठे घर भई अर्जुनधारा–८ बस्ने विश्व चौधरीको घरमा डेरा गरी बस्ने ३२ वर्षीया सुस्मिताले सोही ठाउँका ५४ वर्षीया मैया श्रेष्ठ,३८ वर्षीया बबिता विक,२४ वर्षीया मेनुका पाँचकोटे र ६० वर्षीया नर्बदा सुनदासलाई बोलाएर गंगामाथि कुटपिट गराएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घाइते राईलाई शंकर अस्पताल शनिश्चरेमा सामान्य उपचारपश्चात् थप उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाइएको थियो । उनको उपचारको क्रममा सोही अस्पतालमा आज बिहान  १:२० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । 

प्रहरीले कुटपिट घटनामा संलग्न ५ जना महिला र सुस्मिताका श्रीमान् रमेश भुसाल समेतलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.