दुई कारोबार दिनपछि नेप्से परिसूचक २७ सय बिन्दुमाथि, ७ अर्बको सेयर कारोबार

दुई कारोबार दिनपछि नेप्से परिसूचक २७ सय बिन्दुमाथि, ७ अर्बको सेयर कारोबार
सुन्नुहोस्

काठमाडौं : दुई कारोबार दिनपछि नेप्से परिसूचक उच्च अंकले बढेको छ। साताको पहिलो कारोबार दिन आइतबार सामान्य अंकले बढेको नेप्से त्यसपछिका दुई कारोबार दिन सोमबार र मंगलबार घटेको थियो। यसदिन नेप्से परिसूचक २२.०४ अंकले वृद्धि भएर २७०५.९० विन्दुमा उक्लिएको छ। 

३१६ स्क्रिप्सको १ करोड ५८ लाख २२ हजार ९७० कित्ता सेयर ७ अर्ब ४५ करोड १८ लाख  ७७ हजार  १०२ रुपैयाँमा खरिदबिक्री भए। कारोबार रकम मंगलबारको तुलनामा बढी हो। मंगलबार  ६ अर्ब ५७ करोड मूल्य बराबरको कारोबार भएको थियो।

आज नेप्से परिसूचक दोहोरो अंकले बढेपनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। बरुणा हाइड्रोपावर,पञ्चकन्या माइ हाइड्रोपावर,एनआईसी एसिया,सीईडीबी होल्डिंक्स र न्यादी हाइड्रोपावर सर्वाधिक कमाउने शीर्ष पाँच कम्पनीभित्र परे। बरुण हाइड्रोपावरको सेयर सर्वाधिक ६.२१ प्रतिशतले बढ्यो। 

यसैगरी ग्रिन डेभलपमेन्ट बैंक,एनएमबी हाइब्रिड फन्ड,पिपुल्स हाइड्रोपावर,राप्ति हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन र खानीखोला हाइड्रोपावर  सर्वाधिक गुमाउने पाँच कम्पनीमा परे।

कारोबार रकमका आधारमा राधी विद्युत शीर्षस्थानमा रह्यो। सो कम्पनीको ४६ करोड ७१ हजार मूल्य बराबरको सेयर कारोबार भयो। बुटवल पावरले ३६ करोडको सेयर कारोबार गर्दा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको ३५ करोड,गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ३१ करोड र नेपाल रिइन्स्योरेन्सको २८ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

दुई समूहको उपसूचकबाहेक अन्यको उपसूचक हरियाली देखिएका छन्। सबैभन्दा बढि बैंकिक समूहको उपसूचक वृद्धि भएको छ। सो समूहको उपसूचक १.६८ प्रतिशतले बढेको हो। कारोबारमा आएकामध्ये  १९९ स्टक्सको मूल्य बढ्दा ४९ वटाको घट्यो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.