झापामा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

झापामा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु
सुन्नुहोस्

झापा : झापाको बाह्रदशीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुवै चालकको मृत्यु भएको छ। दुर्घटनामा परी ३ वर्षीय बालकसहित दुई जना गम्भीर घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज दिउँसो ३:४० बजेको समयमा बाह्रदर्शी गाउँपालिका-१ खैरबारीस्थित भित्री सडक खण्डमा राजगढबाट कुटीतर्फ जाँदै गरेको बीआर ३७ एजेट ६४४० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र-१-०१-०१६ प ९२७० नम्बरको स्कुटर एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो। दुर्घटनामा परी स्कुटर चालक कचनकवल गाउँपालिका ३ अन्दाजी ६० वर्षको श्रीप्रसाद राजवंशीको घटनास्थलमै र मोटरसाइकल चालक (तत्काल नाम थर वतन नखुलेको) प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो। दुवै शव अस्पतालमा रहेको जनाइएको छ।

दुर्घटनामा परी स्कुटरको पछाडि स्कुटरको पछाडि सवार मृतक श्रीप्रसादको बुहारी २७ वर्षीया उर्मिला राजवंशी र उनको ३ वर्षीय छोरा आयुष राजवंशी गम्भीर घाइते भएको र दुवैलाई उपचारको लागी बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको छ। दुवै सवारी साधन इलाका प्रहरी कार्यालय राजगढले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.