के हो, सन्तुलित आहार ?

के हो, सन्तुलित आहार ?
सुन्नुहोस्

शरीरलाई आवश्यक पर्ने तत्त्वहरू ठीकठीक मात्रामा भएको खानालाई सन्तुलित आहार भनिन्छ । जुन भोजनमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, चिल्लो पदार्थ खनिज इत्यादि तत्त्वहरू शरीरलाई आवश्यक मात्रामा रहेको हुन्छ भने त्यस्तो आहारलाई सन्तुलित आहार भनिन्छ । शारीरिक र मानसिक विकासका लागि सन्तुलित आहारको सेवन गर्नु अति आवश्यक हुन्छ । मानिसका मुख्य आवश्यकताहरूमा खाना, कपडा तथा आवास पर्छन् । व्यक्ति जीवित रहनका लागि खानाको आवश्यकता पर्छ ।  सन्तुलित खाना खानुको उद्देश्य जीवनलाई रक्षा प्रदान गर्नु हो । 

मानव स्वास्थ्यका लागि आवश्यक पर्ने पोषण सन्तुलित भोजनबाट मात्र प्राप्त हुन्छ । सन्तुलित भोजनले शरीरमा शक्ति प्रदान गर्नुका साथै हाड तथा मांसपेशीलाई बलियो पार्दछ । साथै यसले शारीरिक क्रियाकलाप नियमित गर्न मद्दत गर्छ । हाम्रा तन्तु तथा अंगलाई सदैव स्वस्थ र सक्रिय बनाइराख्न पोषणको आवश्यकता पर्छ । यसैगरी शरीरलाई विभिन्न रोग संक्रमण, थकान आदिबाट जोगाउन पनि पोषणको जरुरत पर्छ । असन्तुलित आहारले पोषणको अभावमा लाग्ने विभिन्न प्रकारका रोगको उत्पति हुन पुग्छ । कुनै व्यक्तिले कार्बोहाइड्रेट तथा बोसोको मात्रा कम भएको खाना खाएमा उक्त व्यक्तिमा शारीरिक कमजोरी भई स्फुर्तिमा कमी आउन सक्छ । त्यसैगरी प्रोटिनको उचित भाग सेवन नगर्नाले व्यक्तिका अंग प्रत्यंगको सन्तुलित विकास हुन पाउँदैन । खानामा भिटामिन तथा खनिज पदार्थको अभाव हुँदा विभिन्न रोगहरूबाट व्यक्ति पीडित हुन्छ ।

घर वरिपरि वा खेतबारीमा हुर्कने सागसब्जीमा निकै नै पौष्टिक तत्त्व हुन्छ । सिस्नुको कलिलो मुन्टा, बेथे, तोरीको सागलाई त्यति महत्त्व दिइँदैन तर यिनीहरूमा प्रशस्त मात्रामा भिटामिन र खनिज पाइन्छ । यसरी घर वरिपरिबाट कम पैसामा नै उपलब्ध खाद्य पदार्थलाई व्यवस्थित गरी सन्तुलित भोजन तयार पार्न सकिन्छ ।

मौसमअनुसारका फलफूल, हरियो सागसब्जी, गेडागुडी, दूध, दही आदि आवश्यक मात्रा मिलाएर दैनिक सेवन गर्नुपर्छ । त्यसैगरी सम्भव भएसम्म माछा, मासु, अन्डा वा गेडागुडीमध्येबाट कुनै एक पदार्थ पनि प्रयोग गर्नुपर्छ । यसरी खाद्य पदार्थलाई सन्तुलित ढंगले दैनिक रूपमा प्रयोग गर्न सकेमा मानव स्वस्थ हुन्छ ।

सन्तुलित आहारको फाइदाहरू

– शरीरलाई सुसंगठित तथा स्वस्थ राख्न मद्दत गर्छ ।

– मानसिक विकास तथा शारीरिक विकासमा राम्रो प्रभाव पार्छ ।

– व्यक्तिको मन प्रफुल्लित रहनुका साथै अनुहारमा चमक आउने तथा शरीर सधैं फुर्तिलो हुन्छ ।

– रोगविरुद्ध लड्ने शक्ति प्रदान गर्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.