प्राविधिक विद्यालय सञ्चालन गर्न तिलोत्तमाको बजेट

प्राविधिक विद्यालय सञ्चालन गर्न तिलोत्तमाको बजेट
सुन्नुहोस्

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले प्राविधिक विद्यालय सञ्चालन गर्ने नीतिगत निर्णय गरेको छ। विद्यालय सञ्चालन गर्नका लागि नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि २५ लाख रुपैयाँ बजेटसमेत विनियोजन गरेको छ।

नगरपालिका–१४ मा रहेको सिटी कलेजको प्रयोगविहीन भवनलाई व्यवस्थित गरी प्राविधिक विद्यालय सञ्चालन गर्ने तयारी गरिएको नगरप्रमुख रामकृष्ण खाणले जानकारी दिए। ‘विद्यालय सञ्चालन गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले स्वीकृत प्रदान गरिसकेको छ’, खाणले भने, ‘प्राविधिक विद्यालय सञ्चालनपछि नगरपालिका क्षेत्रका विद्यार्थीहरू प्रत्यक्ष लाभान्वित हुनेछन्।’

उनका अनुसार सीटीईभीटीले प्रमाणपत्र तह नर्सिङ र डिप्लोमा इन फार्मेसीमा ४०/४० वटा कोटा विद्यार्थी भर्ना क्षमता रहने गरी विद्यालय सञ्चालनको अनुमति दिएको छ। बिहीबार बसेको परिषद्को सचिव स्तरीय बैठकको निर्णयले नगरपालिकालाई प्राविधिक विद्यालय सञ्चालनका लागि पूर्वाधार तयारी सम्बन्धमा अनुमति दिएको हो।

नगरपालिकाले भर्ना हुने कुल विद्यार्थी संघको ५० प्रतिशत तिलोत्तमा नगरपालिकावासीलाई छात्रवृत्तिमा पढ्न पाउने व्यवस्थासहितको तयारी गरिरहेको नगरप्रमुख खाणले जानकारी दिए। ‘विद्यालय सञ्चालन भइसकेपछि वर्षौंदेखि प्रयोगविहीन भवन पनि प्रयोगमा आउने छ’, खाणले भने,‘नगरवासीले पनि सेवा लिनेछन्।’

निवर्तमान नगरप्रमुख वासुदेव घिमिरेको कार्यकालमा ३ करोड ७७ लाख रुपैयाँ लगानी गरी सिटी कलेज सञ्चालनका लागि तीन तलाको सुविधायुक्त भवन निर्माण गरिएको थियो। तर, कलेज सञ्चालन हुन नसक्दा भवन वरिपरि घाँस उम्रेको छ। उक्त भवनमा कुल २२ वटा कोठा रहेको नगरपालिकाले जनाएको छ। प्राविधिक विद्यालय सञ्चालन गर्नका लागि आवश्यक पर्ने अन्य पूर्वाधार र जनशक्तिका बारेमा नगरपालिकाले तयारी थालिरहेको समेत नगरप्रमुख खाणले जानकारी गराए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.