जबरजस्ती संसद् चलाउने प्रयास संसदीय इतिहासमा कालो समय : राजेन्द्र लिङ्देन

जबरजस्ती संसद् चलाउने प्रयास संसदीय इतिहासमा कालो समय : राजेन्द्र लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूले उठाएको विषयमाथि गलत व्याख्या नगर्न आग्रह गरेका छन्। सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपा सांसद लिङ्देनले कुनै व्यक्ति विशेषको नभइ भिजिट भिसाको आवरणमा भएको मानव तस्करी र ठगी प्रवृत्तिको विरोध गरिएको बताए।

'भिजिट भिषा प्रकरणमा उठाएको विषयको गलत व्याख्या नगरियोस्। भिजिट भिसामा जाने मानिसको विरोध गरिएको होइन। विदेश जाँदाखेरी मानिस भिटिज भिसामा जाने हो। तर, भिजिट भिसामा जाने बहानामा रकम असुली गरेर वेरोजगार युवाहरूको रोजगारी खोज्ने अवसरमाथि कमाउने धन्दा सरकारको तर्फबाट सुनियोजित ढंगले जुन गरिएको छ यसको विरोध गरिएको हो,'उनले भने।

उनले प्रधानमन्त्रीको नेतृत्वमा रहेको सुशासन आयोगको खोजि समेत गरे। लिङ्देनले सरकारका मन्त्रीहरु एकपछि अर्को लेनदेन काण्डमा मुछिएको तथ्य सार्वजनिक भइरहेको अवस्थामा प्रधानमन्त्रीको नेतृत्वमा रहेको सुशासन आयोग कहाँ छ? भन्दै प्रश्न गरे । 

नैतिकता र सुशासनप्रति अलिकति मात्रै प्रतिबद्धता छ भने मन्त्रीहरूको राजीनामा माग्ने वा बर्खास्त गर्नुपर्ने उनले बताए । उनले 'चिल आयो चिल आयो' भन्ने अनि तल चल्ला टिप्ने र जनताको ध्यान एकातिर लगेर मन्त्रिपरिषद्मा बसेर ठूला पार्टी मिलेर देश लुट्ने काम कदापी स्वीकार्य नहुने बताए।

त्यस्तै अध्यक्ष लिङदेनले संसदमा दुई पार्टीले डेढ महिनादेखि विरोध जनाइराख्दा जबरजस्ती संसद् चलाउने प्रयास संसदीय इतिहासमा कालो समय भएको जिकिर गरे । विरोधकाबीच सदन चलाउने प्रयास केवल सरकारको अकर्मण्यता र उदासीनता मात्र नभइ सभामुखको कार्यकालको सबैभन्दा कालो समयको रुपमा उल्लेख रहने उनले बताए। भने, 'यो संसदीय इतिहासमा कालो समय हो। संसदमा दुई महत्वपूर्ण राजनीति पार्टीहरूले डेढ महिनादेखि विरोध जनाइराख्दा खेरी जबरजस्ती संसद चलाउने प्रयास भइरहेको छ। सरकारको उदासिनको कुरा मात्रै होइन सभामुखको कार्यकालको सबैभन्दा कालो समयको रुपमा पनि यसले देखाउँछ। ' उनले प्रतिपक्षी दलहरूले उठाएको आवाजलाई सम्बोधन गराउने प्रयास सभामुखले गर्नुपर्नेमा जोड दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.