धनगढीको आगलागी, ८ सटर जले

धनगढीको आगलागी, ८ सटर जले
सुन्नुहोस्

धनगढी : कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४ को व्यापारिक क्षेत्रमा आइतबार राति आगलागी भएको छ। अचानक बिजुलीको तार सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार विश्व प्रकाश कडेलद्वारा सञ्चालित हेलेन ट्रेड सप्लायर्स (४ वटा सटर), परिवर्तन इन्पेक्स (३ सटर) र सेन्टर पोइन्ट रेस्टुरेन्ट (१ सटर) गरी जम्मा ८ वटा सटरमा आगलागी भएको थियो। 

राति करिब १०:५० बजे सुरु भएको धनगढी उपमहानगरपालिकाबाट २ वटा र गोदावरी नगरपालिकाबाट १ वटा दमकलसहित प्रहरी र स्थानीयवासीहरूको सहयोगमा आगो सवा १२ बजेतिर नियन्त्रणमा आएको हो। 
मानविय क्षति नभएपनि ठूलो आर्थिक क्षति भएको छ। घटनाको विस्तृत विवरण संकलन कार्य जारी रहेको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.