करेन्ट लागेर क्रसर उद्योगका कामदारको मृत्यु

करेन्ट लागेर क्रसर उद्योगका कामदारको मृत्यु
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर : मोरङको केराबारी गाउँपालिका–८ आमजुँगीमा करेन्ट लागेर क्रसरका कामदारको मृत्यु भएको छ । करेन्ट लागेर महादेव क्रसरका कामदार गोरखाको गण्डकी गाउँपालिका घर भएका ३५ वर्षीय मंगल चेपाङको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् ।

 क्रसरभित्रै ‘वेल्डिङ’ गर्ने क्रममा चेपाङलाई सोमबार राति १० बजेतिर अचानक करेन्ट लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गम्भीर घाइते भएका उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । प्रतिष्ठान पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाका बारेमा मृतकका परिवारलाई जानकारी गराइएको छ भने शव प्रतिष्ठानमै राखिएको छ । 

चेपाङ उक्त क्रसरमा विगत २ महिनादेखि मिस्त्रीका रूपमा कार्यरत रहेको पाइएको छ । क्रसरमा पूर्ववडाध्यक्ष मनोज खड्कालगायतको लगानी रहेको प्रहरीको भनाइ छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान अघि बढाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.