मालपोत कार्यालय बुटवलका अधिकृत अर्याल प्रहरी नियन्त्रणमा

मालपोत कार्यालय बुटवलका अधिकृत अर्याल प्रहरी नियन्त्रणमा
सुन्नुहोस्

बुटवल : मालपोत कार्यालय बुटवलमा कार्यरत मालपोत अधिकृत घनश्याम अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ। कार्यालयको छाप नक्कली बनाएर लालपूर्जा वितरण गरेको आरोपमा अर्याललाई शुक्रबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नियन्त्रणमा लिएको हो।

‘चार वर्ष अघिदेखि यस विषयमा अनुसन्धान चलिरहेको थियो’, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक गणेश सापकोटाले भने, ‘बयानका क्रममा उहाँले केही कुराको गल्ती स्वीकार गरेपछि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।’

अर्यालसहित जिल्ला मालपोत कार्यालय रूपन्देहीका कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई समेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान चलाएको छ। किर्ते छाप बनाएर लालपूर्जा दिएको आरोपमा अन्य १० जनालाई प्रहरीले खोजिरहेको छ। अर्याल लामोसमयदेखि मालपोत कार्यालय बुटवलमा कार्यरत छन्। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.