भारतविरुद्ध इङ्ल्यान्डका जो रुटले बनाए शतक, तोडे यी खेलाडीको रेकर्ड
काठमाडौं : म्यानचेस्टरको ओल्ड ट्राफोर्ड मैदानमा भारत र इङ्ल्यान्डबीच टेस्ट म्याच भइरहेको छ। म्याचको तेस्रो दिन शुक्रबार इंग्लिस ब्याट्सम्यान जो रुटले अद्भुत खेल देखाएका छन्।
रुटले इङ्ल्यान्डको पहिलो इनिङमा शतक बनाए। रुटले १७८ बलमा आफ्नो शतक पूरा गरे। उनले १२ चौका पनि प्रहार गरे। यो रुटको टेस्ट करियरको ३८ औँ शतक र भारतविरुद्ध १२ औँ शतक हो।
यस्तै रुटले लगातार दोस्रो टेस्ट म्याचमा शतक बनाएका छन्। यसअघि उनले लर्ड्स टेस्ट म्याचको पहिलो इनिङमा १०४ रन बनाएका थिए।
जो रुटले घरेलु मैदानमा भारतविरुद्ध ९ टेस्ट शतक बनाएका छन्। यो घरेलु मैदानमा कुनै पनि टोलीविरुद्ध ब्याट्सम्यानले बनाएको सबैभन्दा धेरै टेस्ट शतक हो। उनले अष्ट्रेलियाका डन ब्राडम्यानलाई उछिनेका छन्। ब्राडम्यानले घरेलु मैदानमा इङ्गल्याण्डविरुद्ध ८ टेस्ट शतक बनाएका थिए।
जो रुट अब भारतविरुद्ध टेस्ट क्रिकेटमा सबैभन्दा धेरै शतक बनाउने ब्याट्सम्यान बनेका छन्। रुटले अस्ट्रेलियाका पूर्व कप्तान स्टिभ स्मिथलाई उछिनेका छन्। स्मिथसले भारतीय टोलीविरुद्ध ११ शतक बनाएका थिए।
जो रुट अब टेस्ट क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने मामिलामा दोस्रो स्थानमा आइपुगेका छन्। यस खेलमा आफ्नो १२० औँ रन बनाउने बित्तिकै रुटले रिकी पोन्टिङलाई पछि पारे। पोन्टिङले अस्ट्रेलियाका लागि १६८ टेस्ट खेलमा १३३७८ रन बनाएका थिए।
अब जो रुटभन्दा भारतका पूर्वकप्तान सचिन तेन्दुलकर मात्र अगाडि छन्। तेन्दुलकरले २०० टेस्ट खेलमा १५९२१ रन बनाएका छन्।
प्रतिक्रिया दिनुहोस !