यस वर्षको एसिया कप कहिले र कहाँ हुँदैछ ?
काठमाडौं : पुरुष एसिया कप क्रिकेट प्रतियोगिता ९ सेप्टेम्बरदेखि २८ सेप्टेम्बर २०२५ सम्म संयुक्त अरब इमिरेट्स (युएई)मा आयोजना हुनेछ।
एसियाली क्रिकेट परिषद् (एसीसी)का अध्यक्ष तथा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)का प्रमुख मोहसिन नक्वीले प्रतियोगिताको विस्तृत तालिका चाँडै जारी गरिने बताए।
हाल भारत र पाकिस्तान एउटै समूहमा हुनेछन् वा छुट्टाछुट्टै हुनेछन् भन्ने कुरा स्पष्ट छैन। ईएसपीएनका अनुसार यस पटकको एसिया कप टी–२० ढाँचामा खेलाइनेछ।
एसीसीका पाँच पूर्णकालीन सदस्य अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका बाहेक यूएई, ओमान र हङकङले यसमा भाग लिनेछन्।
२०२३ को एसिया कपको उपाधि भारतले जितेको थियो।
प्रतिक्रिया दिनुहोस !