भारतले २ विकेट गुमाएर बनायो १७४ रन, राहुल–गिल शतक नजिक

भारतले २ विकेट गुमाएर बनायो १७४ रन, राहुल–गिल शतक नजिक
सुन्नुहोस्

काठमाडौं : भारत र इङ्ग्ल्याण्डबीचको एन्डरसन–तेंडुलकर ट्रफी २०२५ को चौथो खेल म्यानचेस्टरको ओल्ड ट्राफर्ड मैदानमा खेलिँदैछ।  खेलको चौथो दिन धेरै रोमाञ्चक रह्यो।

इङ्ग्ल्याण्डको पहिलो इनिङ ६६९ रनमा समाप्त भयो। इङ्ग्ल्याण्डले ३११ रनको अग्रता लिएको थियो।   

जवाफमा आएको भारतको दोस्रो इनिङ्स पनि निकै खराब सुरु भयो। यशस्वी जयस्वाल र साई सुदर्शन खाता नखोलीकनै आउट भए। तर त्यसपछि आएका केएल राहुल र शुभमन गिलले जिम्मेवारी सम्हाल्दै उत्कृष्ट ब्याटिङ गरे।   

दिनको खेलको अन्त्यसम्ममा भारतले १७४ रन बनाएको थियो। गिल ७८ र केएल राहुल ८७ रनमा अविजित छन्। भारत हाल इङ्गल्याण्डको अग्रताभन्दा १३७ रनले पछाडि छ।   

यस खेलमा भारतीय टोलीले आफ्नो पहिलो इनिङमा ३५८ रन बनाएको थियो। पाँच खेलको टेस्ट शृङ्खलामा आयोजक इङ्ल्यान्ड २–१ ले अगाडि छ।  

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.