सेयर बजार फेरि घट्यो, १९ अर्ब ३६ करोडको कारोबार
काठमाडौं : नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। साताको दोस्रो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक २.०७ अंकले घटेर २९६२.१३ विन्दुमा पुगेको हो।
अघिल्लो कारोबार दिन आइतबार नेप्से परिसूचक १८.४४ अंकले घटेर २९६४.२० विन्दुमा पुगेको थियो। सो दिन नेप्से घटेपनि २६ अर्ब माथिको कारोबार भएको थियो।
यसदिन नेप्से घटेसँगै कारोबार रकम पनि आइतबारको तुलनामा कम छ। ३२१ स्क्रिप्सको ४ करोड ४१ लाख २४ हजार ९२४ कित्ता सेयर १९ अर्ब ३६ करोड ८ लाख ७३ हजार ३४ रुपैयाँमा खरिदबिक्री भए।
समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सान्भी इनर्जीको सेयर ९.९२ प्रतिशतले बढ्दा ट्रेड टावरको ९.५३,हिमालयन डिस्टिलरीको ५.८० र सांग्रिला डेभलपमेन्ट बैंकको ५.७३ प्रतिशतले बढ्यो।
विन्ध्यावासिनी हाइड्रोपावरका लगानीकर्ताले भने यसदिन गुमाए। सो कम्पनीको सेयर ८.४९ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीले ९२ करोड ५७ लाख रुपैयाँसम्मको सेयर कारोबार गर्यो।
हिमालयन डिस्टिलरीको ७६ करोड,नगदी ग्रुपको ५७ करोड ,लुम्बिनी विकास बैंकको ५५ करोड र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्टको ५१ करोड मूल्य बराबरको सेयर कारोबार भयो। कारोबारमा आएकामध्ये ९४ वटा स्टक्सको मूल्य बढ्दा १५६ वटाको घट्यो। चार समूहको उपसूचक बढ्दा अन्यको उपसूचक नकारात्मक देखिएका छन्।
ट्रेडिङ समूहको उपसूचक ३.३४,डेभलपमेन्ट बैंकको ३.०३,फाइनान्स समूहको २.७५ र मनु एण्ड प्रोको १.७१ प्रतिशतले उपसूचक बढ्यो।
प्रतिक्रिया दिनुहोस !