नवनियुक्त मन्त्री पाण्डेद्वारा सपथ ग्रहण
बुटवल : लुम्बिनी प्रदेशका नवनियुक्त युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। सोमबार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले उनलाई सपथ ग्रहण गराएका हुन्।
मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरी, प्रदेशका मन्त्री लगायतको उपस्थितिमा मन्त्री पाण्डेले प्रदेश प्रमुखको कार्यालय बुटवलमा सपथ ग्रहण गरे। मुख्यमन्त्री चेतनारायण आचार्यले आइतबार मन्त्रिपरिषद् बिस्तार गरेका थिए। यसअघि यो मन्त्रालय मुख्यमन्त्री मातहत थियो।
नवनियुक्त मन्त्री पाण्डे लोकतान्त्रिक समाजवादी पार्टी (लोपमा) का लुम्बिनी प्रदेश संसदीय दलका नेता हुन्। उनी यसअघिको सरकारमा प्रदेशको गृहमन्त्री थिए।
प्रतिक्रिया दिनुहोस !