वीरेन्द्रनगरमा जडान हुँदै साढे तीन सय सीसी क्यामेरा

वीरेन्द्रनगरमा जडान हुँदै साढे तीन सय सीसी क्यामेरा
वीरेन्द्रनगरमा सीसी क्यामेरा जडानका लागि त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरिदै ।  तस्बिर :अन्नपूर्ण
सुन्नुहोस्

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा साढे तीन सय वटा सीसी क्यामेरा जडान गर्न लागिएको छ । प्रदेश राजधानीलाई सुरक्षित बनाउन नगरपालिकाले सीसी क्यामेरा जडान गर्न लागेको हो । सीसी क्यामेरा जडान भएमा वीरेन्द्रनगरमा अपराध न्यूनिकरण हुने र सुरक्षित सहर बन्ने अपेक्षा गरिएको छ ।

पछिल्लो समय वीरेन्द्रनगरमा जनघनत्व बढ्दो छ । जनघनत्व बढेसँगै अपराध र सवारी साधनको दुर्घटना बढ्दो छ । यहीकारण वीरेन्द्रनगर नगरपालिकाले सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिएका क्षेत्रमा सीसी क्यामेरा जडानको प्रक्रिया अगाडि बढाएको हो । 

यसका लागि बिहीबार वीरेन्द्रनगर नगरपालिका,नेपाल टेलिकम प्रादेशिक कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबीच त्रिपक्षिय सम्झौता भएको छ । उक्त सम्झौता अुनसार पहिलो चरणमा १०५ वटा सीसी क्यामेरा जडान हुनेछन् । अबको ६ महिनाभित्र यी सीसी क्यामेरा जडान गरी सञ्चालनमा ल्याइनेछ । 

यस्तै दोस्रो चरणमा थप २५० वटा क्यामेरा जडान हुने नगरपालिकाले जनाएको छ । मानिसहरूको भीडभाड हुने स्थान,संवेदनशील मानिएका र पर्यटकीय क्षेत्र र नगरमा भित्रिने नाकामा सीसी क्यामेरा जडान गर्न लागिएको हो । नगरपालिकासँग भएको सम्झौता अनुसार नेपाल टेलिकमले अप्टिकल फाइबरसहितका सीसी क्यामेरा र वाईफाई हटस्पट जडान गर्नुपर्ने छ । नगरपालिकालाई डिजिटल पालिकाको रुपमा विकास गर्न,नगरमा हुने अपराध नियन्त्रण गर्न र सुरक्षित सहरको रुपमा विकास गर्नका लागि चालु आर्थिक वर्षभित्रमा नगरपालिकाभर ३ सय ५५ वटा सीसी क्यामेरा जडान हुनेछन् । 

नगरका विभिन्न स्थानमा जडान हुने सीसी क्यामेराको सञ्चालन तथा व्यवस्थापन नेपाल टेलिकमले आफ्नै फाइबरमार्फत गर्नेछ । यस्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतले २४सैं घण्टा क्यामेराको निगरानी गर्नेछ । चालु आर्थिक वर्षमा सीसी क्यामेरा जडानका लागि ११ लाख ६९ हजार रुपैयाँ व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ । 

वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालले वीरेन्द्रनगरलाई सुरक्षित सहरको रुपमा विकास गर्न सीसी क्यामेरा जडान गर्न लागिएको बताइन् । यसले वीरेन्द्रनगरमा हुने अपराधका घटनामा कमी आउने उनको दाबी छ । उनका अनुसार अब सीसी क्यामेराबाट २४सैं घण्टा नगर क्षेत्रको निगरानी गरिनेछ । 

‘वीरेन्द्रनगरलाई सुरक्षित सहरको रुपमा विकास गर्दैछौं’ मेयर ढकालले भनिन्,‘यसका लागि नगरका १ देखि १४ नम्बर वडामा सीसी क्यामेरा जडान हुनेछन्, क्यामेरा जडान भएपछि नगरमा हुने अपराध घट्नेछन् ।’नगरपालिकासँग सीसी क्यामेरा जडान सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्दै नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेतका प्रमुख कमल लामिछानेले स्मार्ट सिटीको पूर्वाधार तयार गरिरहेको वीरेन्द्रनगरले सुभारम्भ गरेको सीसी क्यामेरा जडानले राष्ट्रको डिजिटल दशक घोषणालाई सहयोग पुर्‍याउने बताए । यसले वीरेन्द्रनगरको सहरी सुरक्षा अनुगमनमा ठूलो टेवा पुग्ने उनको भनाइ छ । यस्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख सुधिरराज शाहीले नगर क्षेत्रमा जडान गरिने सीसी क्यामेराले अपराध अनुसन्धानमा सहयोग पुग्ने बताए । 

 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.