एक्सरे गर्न आएकी बालिकामाथि स्वास्थ्यकर्मीले गरे यौन दुर्व्यवहार
बुटवल : गौतमबुद्ध सामुदायिक मुटु अस्पताल रामनगर बुटवलमा कार्यरत एक कर्मचारीले सेवाग्राही एक बालिकामाथि यौन दुर्व्यवार गरेको खुलेको छ। १७ वर्षीय ती बालिकालाई एक्सरे गर्ने बेला अस्पतालमा कार्यरत कर्मचारी बुटवल उपमहानगरपालिका -८ निवासी ३१ वर्षीय सुवास गौतमले दुर्व्यवहार गरेको पाइएको हो।
गौतमलाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेर बाल यौन दुर्व्यवहारसम्बन्धी मुद्दा चलाउने तयारी गरिरहेको प्रहरी निरीक्षक धर्मराज खत्रीले जानकारी दिए । ‘बालिकाले एक्सरे गरी सकेपछि कपडा लगाउने बेला संवेदनशिल अंगमा छुनेजस्ता दुर्व्यवहार गरेका रहेछन्’,खत्रीले भने,‘शुक्रबारको घटना हो । हिजो शनिबार भएकाले आज म्याद थप गरेर अनुसन्धान अघि बढेको छ ।’
प्रतिक्रिया दिनुहोस !