पढ्ने इच्छालाई उमेरले रोकेन, आमाले छोरासँगै गरिन् १२ पास

पढ्ने इच्छालाई उमेरले रोकेन, आमाले छोरासँगै गरिन् १२ पास
सुन्नुहोस्

धनगढी : धनगढीमा आमाछोराले सँगै कक्षा १२ उत्तीर्ण गरेका छन् । धनगढी उपमहानगरपालिका- ४ की ४१ वर्षीया देवकी भट्ट पडाल र उनका छोरा जीवन पडालले यसपालीको परीक्षामा सँगै कक्षा १२ पास गरेका हुन् ।

जीवनले विज्ञान संकायमा ३.४४ जीपीए अथवा ‘ए’ ग्रेड ल्याएर १२ पास गरेका हुन् भने उनकी आमा देवकीले २.८५ जीपीए अथवा ‘बी प्लस’ ल्याएर १२ पास गरेका हुन् । छोराले नियमितरुपमा पढिरहे पनि आमाले भने एक दशकको अन्तरालपछि कक्षा १२ को परीक्षा दिएकी हुन्।

देवकी धनगढी उपमहानरपालिका- ४ मा रहेको राष्ट्रिय तुल्सीराम माविमा बालविकास शिक्षिका हुन् । उनले शैक्षिक योग्यताका कारण प्रावि बाहेकका अरु कक्षामा पढाउन पाएकी थिएनन् । ‘पढाउने अनुभव भएपनि डिग्री नभएपछि पढाउन नमिल्ने रहेछ,त्यसैले छोरासँगै कक्षा १२ को परीक्षा दिएँ,'उनले भनिन् ।

उनले शिक्षा संकायमा कक्षा १२ पास गरेकी हुन् । छोराले स्नातक तहमा आईटी इन्जिनियरिङ पढने तयारी गरेको उनले बताइन् । ‘छोराले आईटी पढछु भन्छ,तर मैले वीएड पढने मनस्थिति बनाएको छु,'उनले भनिन् । ‘घरको काम, विद्यालयमा बालविकासको अध्यापनसँगै १२ को पढाइ पनि सकेँ,सफलता पाइयो,' देवकीले खुसी हुँदै भनिन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.