नेपालमै आयो उड्ने कार

नेपालमै आयो उड्ने कार
सुन्नुहोस्

काठमाडौं : अब नेपालमा पनि उड्ने कार भित्रिएको छ । पहिलो पटक नेपाली बजारमा विद्युतीय उडान सवारीसाधनले इतिहास रच्ने भएको छ । नाडा अटो सो २०२५ मा प्रदर्शन गर्ने उद्देश्यले उड्ने कार नेपाल ल्याइएको हो । 

भदौ ३ देखि ८ सम्म काठमाडौंको भृकुटीमण्डपको प्रदर्शनी स्थलमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्ने उक्त शोमा उड्ने कार राखिने भइएको छ । भविष्यको सहरी हवाई मोबिलिटीको पहिलो झलक स्वरूप दीपल ईभीटीओएल यूएभी नामक उड्ने कार प्रदर्शनीमा राखिने भएको हो । प्रदर्शनीमा पुगेर जो कोहीले कार अवलोकन गर्न पाउने छन् । शोमा जान इच्छुकले खल्ती एपमार्फत टिकटको अग्रिम खरिद गर्न सकिने व्यवस्था गरिएको छ । 

दीपल ईभी ब्रान्डको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्प प्रालिले नेपालमा पहिलो उड्ने कारलाई प्रदर्शनीमा राख्ने भएको हो । नाडा टाइटल स्पोन्सरमा रहेको एमएडब्लूले भविष्यको सहरी हवाई मोबिलिटीको पहिलो झलक स्वरूप दीपल ईभीटीओएल यूएभी नामक उड्ने कारलाई रोमाञ्चक तरिकाले प्रस्तुत गर्न लागेको कम्पनीका प्रतिनिधि विवेक शिकारियाले बताए । अटो शोमा राखिने उड्ने कारहरूले हाम्रो कम्पनी कति भविष्यमुखी र दूरदर्शी छन् भनी देखाएको उनको भनाइ छ । ‘यसपटकको नाडा अटो शो अहिलेसम्मकै सबैभन्दा रोमाञ्चक हुने उनको विश्वास छ । यसैले यसपटक उत्कृष्ट अटोमोबाइलहरूसँगै भविष्यका उत्कृष्ट प्रविधिहरू हेर्ने मौका मिल्ने छ,’ उनले भने ।

 
दक्षिण एसियामै अटो प्रदर्शनीका नाममा भए पनि उड्ने कार भित्र्याउने पहिलो मुलुक नेपाल हुने भएको छ । उड्ने कार पूर्णरूपमा विद्युतीय छ । यो कारले ठाडो उडान र अवतरण गर्छ । यससँगै, आगामी दशकहरूमा सहरी गतिशीलतामा क्रान्तिकारी परिवर्तन ल्याउने नवप्रवर्तनको अपेक्षा यसबाट गरिएको छ । यसको निर्माण गर्ने चीनको ईभीटीओएल प्रविधि द्रुत गतिमा विश्वव्यापी नेतृत्वको रूपमा देखा परेको छ । चीनका केही कम्पनीहरूले उड्ने कारहरू निर्माण गरेसँगै त्यहाँका नागरिकले उड्डयन प्रशासनबाट परीक्षण उडान स्वीकृतिहरू पनि प्राप्त गरिसकेका छन् ।

नेपालमा उड्ने कार सञ्चालनको नीतिगत व्यवस्था नभएको जनाउ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले दिए । अहिले भने प्रदर्शनीमा मात्रै राख्न लागिएको उनले जानकारी दिए । उनी भन्छन्, ‘नेपालमा यस्तो कारका लागि नीति बनाउनु जरुरी छ । भविष्यमा यसबारे पनि ध्यान जानुपर्छ ।’

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.