विकासमा फड्को मार्दै सुदूरपश्चिम सरकार

एक वर्षमा ३५५ किलोमिटर सडक निर्माण, करिब १४ हजार हेक्टर जमिनको सिंचाइ सुनिश्चित

एक वर्षमा ३५५ किलोमिटर सडक निर्माण, करिब १४ हजार हेक्टर जमिनको सिंचाइ सुनिश्चित
सुन्नुहोस्

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले एकवर्षको अवधीमा ३५५ किलोमिटर सडक निर्माण गरेको छ । प्रदेशका भौतिक पूर्वाधार मन्त्री सुरेन्द्र बहादुर पालको सचिवालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो एक वर्षे कार्यकालमा पक्की,ग्राभेल र कच्ची गरी ३५५ किलोमिटर सडक निर्माण गरिएको हो ।

आर्थिक वर्ष २०८१/०८२ मा सीमित स्रोत र जनशक्तिको उपयोग गर्दै भौतिक पूर्वाधार मन्त्रालयले कालोपत्रे,ग्रावेल र माटे गरी कूल ३५५.१६ किलोमिटर सडक निर्माण सम्पन्न गरेको जनाएको छ । यस्तै,६ वटा सडक पुल,८५ वटा बहुवर्षीय योजना र २६.८३४ किलोमिटर तटबन्ध निर्माण कार्य सम्पन्न गरिँदा ३७.५ हेक्टर जमिन संरक्षणमा सहयोग पुगेको बताइएको छ ।

मन्त्री पालको सचिवालयले सार्वजनिक गरेको विवरण अनुसार,प्रादेशिक सडक सञ्जाल गुरुयोजना स्वीकृत भइसकेको छ । जसमा ७० वटा प्रदेश लोकमार्ग, ११९ सहायक मार्ग र १९० अन्य विशेष उद्देश्यका सडक समावेश गरिएका छन् ।

खानेपानीमा व्यापक प्रगति

वर्षभरिका उपलब्धीमध्ये खानेपानी सेवा क्षेत्रमा विशेष ध्यान दिइएको छ । ८४१ इन्टेक, ५१६ पानी पोखरी, २१३३ किलोमिटर पाइपलाइन र ४ वटा डिप ट्युवेल जडान गरी ११ हजार ९३९ घरधुरीलाई खानेपानीको आपूर्ति गरिएको मन्त्रालयले जनाएको छ । कूल १७३ योजना सम्पन्न भइ ८३ हजार ५८५ जनाले आधारभूत स्तरको तथा १९ हजार २८७ जनाले मध्यमस्तरको पानी सेवा प्राप्त गरेका मन्त्रालयको दाबी छ ।

यसैबीच, १३ अर्ब ३८ करोड ७० लाख रुपैयाँ लागत अनुमान गरिएको ‘खानेपानी सुशासन तथा पूर्वाधार सहयोग आयोजना’ मा संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा कार्यान्वयन अघि बढाइएको छ । दिपायल सिलगढी नगरपालिका, बर्दगोरिया, जोशीपुर र जानकी गाउँपालिकासँग लागत साझेदारीको समझदारी भइसकेको जनाइएको छ ।

ऊर्जा,सिंचाइ र आवासमा उल्लेखनीय उपलब्धी

ऊर्जा र सिंचाइतर्फ अपर–सुर्नायागाड र नौगाड जलविद्युत आयोजनाको डीपीआर तयार पारिएको मन्त्रालयले जनाएको छ । नयाँ सिंचाइ आयोजनाबाट १६ सय ८२ हेक्टर जमिन सिंचित हुने र पुराना योजनाको मर्मत गरी १३ हजार ९४७ हेक्टर जमिनको सिंचाइ सुनिश्चित गरिएको छ । ३२ वटा डिप ट्युवेल जडान कार्यसमेत सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले विपन्न लक्षित वर्गका लागि ११० वटा जनता आवास, १० वटा खेल मैदान, ३ वटा पार्क, २ वटा कवर्ड हल र ६ वटा सरकारी भवन निर्माण गरिएको जनाएको छ ।

यातायातमा नीति सुधार

सुदूरपश्चिम सवारी तथा यातायात व्यवस्था नियमावली २०८१ को दोस्रो संशोधन मस्यौदा स्वीकृत भइसकेको मन्त्रालयले जनाएको छ । यातायात कार्यालयमार्फत मात्र १ अर्ब ७ करोड १६ लाख रुपैयाँ राजस्व संकलन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.