नेपाल पेनाल्टीमा चुक्यो, साउदीसँगको पहिलो हाफ गोलरहित बराबरीमा
काठमाडौं : नेपाल र साउदी अरेबियाबीचको पहिलो हाफ खेल गोलरहित बराबरीमा सकिएको छ। एएफसी यु-२० महिला एसियन कपको दोस्रो खेलमा नेपालले पहिलो हाफमा पाएको पेनाल्टी सदुपयोग गर्न सकेन।
भुटानको थिम्पुस्थित चाङ्लिमिथान स्टेडियममा भएको खेलको ३८औं मिनेटमा नेपालकी फर्वाड मिना देउवाले प्रहार गरेको पेनाल्टी दोस्रो बारमा लाग्दै रिबाउन्ड भयो। यहाँ नेपालले अग्रता बनाउने राम्रो अवसर खेर फाल्यो।
खेलको छैटौं मिनेटमा नेपालकी डिफेन्डर सरिता नाथले हानेको फ्री किक सिधा किपरको हातमा गयो। खेलको ३६औं मिनेटमा नेपालकी मनिषा सेनलाई बल अगाडि बढाउँदै गर्दा साउदीका खेलाडीले पेनाल्टी बक्सभित्र लडाउँदा नेपालले पेनाल्टी पाएको थियो।
त्यसपछि दुवै टिमले प्रयास गर्दा पनि पहिलो हाफ शून्य बराबरीमा सकियो। नेपालले पहिलो खेल आयोजक टिम भुटानसँग १-१ बराबरी खेलेको थियो।
प्रतिक्रिया दिनुहोस !