कैलाली कारागारमा झडप : समाचार संकलन गर्न कारागार र अस्पताल प्रवेशमा पत्रकारलाई रोक

कैदीको मृत्युपछि सुरक्षा अधिकारी पनि जान सकेनन् कारागारभित्र

कैदीको मृत्युपछि सुरक्षा अधिकारी पनि जान सकेनन् कारागारभित्र
सुन्नुहोस्

पत्रकारहरूलाई पनि अस्पतालमा घाइतेहरूको फोटो भिडियो खिच्न दिएको छैन। पत्रकारहरूलाई अस्पतालभित्र जान रोक लगाइएको छ।

धनगढी : लामो समयदेखि झडप भइरहेको कैलाली कारागार घटनालाई प्रशासनले गम्भीर रुपमा नलिएपछि शुक्रबार राती कारागार परिसर रणभूमी बन्यो। ब्लक ए र ब्लक बी का कैदीहरुबीच झडप हुँदा एक जनाको मृत्यु भयो भने ४७ जना घाइते भएका छन्।

ब्लक ए का कैदीबन्दीहरुको रड आक्रमणबाट लागूपदार्थ सम्बन्धी मुद्धामा जेल सजाय भोगिरहेका धनगढी उपमहानगरपालिका-४ का ४० वर्षका भरत चौधरीको मृत्यु भएको हो। गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

चौधरीको शव सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ। घाइते ४७ जनालाई सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ। सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर शेर बहादुर कमरले घाइतेहरूमध्ये अधिकांसका हातखुट्टा भाँचिएका छन्। उनले झडपमा फलामका रडहरूको बढी प्रयोग भएको बताए।

‘फलामे रडहरूको बढी प्रयोग भएको छ। घाइतेहरूलाई ठूलो चोट लागेपनि उनीहरु खतरामुक्त छन्। एक जनाको सल्यक्रिया भएको छ। एक जनालाई आईसीयुमा भर्ना गरिएको छ’ डाक्टर कमरले भने। सेती प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचारका लागि स्थान नपुगेपछि घाइतेहरूलाई नजिकै रहेको कोरोनाका बेला बनाइएको भवनमा सारिएको छ।

कारागारभित्र ब्लक ए र बी को भित्ता भत्काएर झडप भएको हो। राती १० बजेपछि दुई पक्षबीच झडप भएको कारागारका निमित्त प्रमुख खरिदार राम कुमार चौधरीले बताए।

कारागार प्रमुख बसन्त खत्री बिरामी बिदामा रहेका र नासु पनि शुक्रबारदेखि बिदामा रहेकाले खरिदार चौधरीलाई निमित्त प्रमुखको जिम्मेवारी थियो।
चौधरीले आफूलाई राती १२ बजेतिर मात्रै कारागारमा झडप भएको खबर आएको र खबर पाएलगत्तै प्रमुख जिल्ला अधिकारीलाई खबर गरेको बताए।चौधरी पनि जेठमा मात्रै कारागारमा सरुवा भएका हुन्। ‘मलाई पनि कारागारका बारेमा धेरै जानकारी थिएन’ उनले भने। 

प्रशासनले यसबारेमा आधिकारिक जानकारी गराएको छैन। पत्रकारहरूलाई कारागारमा प्रवेशमा रोक लगाइकाले विस्तृत विवरण भने आउन सकेको छैन। पत्रकारहरूलाई पनि अस्पतालमा घाइतेहरूको फोटो भिडियो खिच्न दिएको छैन। पत्रकारहरूलाई अस्पतालभित्र जान रोक लगाइएको छ।

सुरक्षा अधिकारी पनि जान सकेनन् कारागारभित्र
कैलाली कारागारको क्षमता १५० जना हो तर त्यहाँ ७ सय जना कैदीबन्दीहरू राखिएको जेल प्रशासनले जनाएको छ। ७ जना कैदीबन्दीबीच झडपपछि प्रमुख जिल्ला अधिकारी सहितका सुरक्षा अधिकारी पनि कारागारमा जान सकेका छैनन्। केही बेर अघि जिल्ला सुरक्षा समितिको बैठक बसेको छ। प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले सुरक्षाअधिकारीहरु समेतले कारागारभित्र जान सक्ने अवस्था नरहेको स्वीकार गरे।

‘कारागारभित्र जान सकिएको छैन। ठूलो संख्याका कैदीबन्दीहरु छन्। उनीहरुमा आक्रोस भएको पाइयो, गृह मन्त्रालय विभागसँग समन्वय गरेर साम्य पार्ने प्रयास भइरहेको छ’ प्रमुख जिल्ला अधिकारी हमालले भने। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.