पाल्पाका मन्दिरमा जनै फेर्ने र डोरो बाँध्नेको भीड
पाल्पा : ऋषि तर्पणी, रक्षा बन्धन तथा जनै पूर्णिमा पाल्पामा परम्परागत रुपमा मनाइएको छ। पाल्पामा ब्राहमण तथा छेत्रीहरूले बिहानै नदी नाला, ताल तलैया, खोला धारामा पुगी शुद्ध जलले स्नान ऋषि तर्पणी गरेर मन्त्र द्वारा मन्त्रिएको जनै परिवर्तन गरेका छन्।
अन्य समुदायका व्यक्तिहरूले रक्षा कबजका रूपमा हात हातमा रक्षा बन्धन गरेका छन्। जनै परिवर्तन तथा रक्षा बन्धनका लागि परम्परा संस्कृति लाई जर्गेना गर्न पाल्पाका मठ मन्दिरमा मानिसहरूको भीडभाड देखिएको छ। हिन्दू धर्मावलम्बीहरूको जनै पूर्णिमाको ताकाधारी बाहुन छेत्रीहरूको जनै फेर्ने र अन्य समुदायका व्यक्तिहरूले रक्षा बन्धन बाँध्ने चलन रहेको छ।
पाल्पाको विभिन्न मन्दिरमा पण्डित तथा भक्तजनहरूले आत्माको शुद्धीकरण तथा रक्षाका लागि मन्त्रहरू द्वारा शुद्ध बनाइएको धागो बाट हातको नाडीमा रक्षा बन्धन गर्ने परम्परा रहेको पाइन्छ। तानसेनमा जनै परिवर्तन तथा रक्षा बन्धनका लागि अमरनारायण मन्दिर, शिव मन्दिर, भगवती मन्दिरमा भक्तजनहरू पुगेका छन्। आजै ब्राह्मण पण्डितहरूले आआफ्नो ज जमानको घर–घरमा पुगी रक्षा बन्धन गर्ने र जजमानले चामल, दक्षिणा, तथा फलफूल दिने परम्परा रहेको छ।
आजको दिन ज्वाइँहरू ससुराल पुगी रक्षा बन्धन गरिदिने र भान्जाहरू आफ्नो मामा घरमा, पुगी रक्षा बन्धन गर्ने परम्परा रहेको छ। यसैगरी तराई क्षेत्रमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई रक्षाका लागि राखी बाँधिदिने चलन रहेता पनि आजकल पहाडी क्षेत्रमा समेत यो प्रचलन बढ्दै गएको छ।
पाल्पामा पनि आफ्ना दिदी बहिनीहरूले दाजुभाइ राखी बाँधिदिएका छन्। गरी नेवारी समुदायमा विभिन्न १२ थरीका गेडागुडी भिजाएर टुसा उमारी क्वाटी खाने परम्परा रहेको छ। क्वाटी खाएमा विभिन्न रोगहरू नलाग्ने र शरीरमा रोग सँग लड्ने क्षमता बढाउने जनविश्वास रहेको छ।
प्रतिक्रिया दिनुहोस !