पेटको बोसो बढ्नु कति खतरनाक छ ?, नियन्त्रण गर्न अपनाउनुहोस् यी उपाय

पेटको बोसो बढ्नु कति खतरनाक छ ?, नियन्त्रण गर्न अपनाउनुहोस् यी उपाय

काठमाडौं : धेरै मानिस आफ्नो बढ्दो पेट कम गर्न जिमको सहारा लिन्छन्। तर केही मानिस यसमा धेरै ध्यान दिँदैनन्।

यो अतिरिक्त बोसोलाई सामान्यतया बेली फ्याट, पेटको बोसो वा बियर बेली पनि भनिन्छ। आफ्नो छवि र फिटनेसबारे सचेत युवाहरू यसबारे चिन्तित हुन्छन्।

पेट वरिपरि बोसो बढेको कारणले गर्दा मानिसहरू प्रायः आफ्नो रोजाइको लुगा आरामसँग लगाउन असमर्थ हुन्छन्।

यद्यपि यसको प्रभाव केवल रोजेको लुगा लगाउनुमा मात्र सीमित छैन। पेटको बोसो  स्वास्थ्यका लागि धेरै तरिकाले हानिकारक साबित हुन सक्छ।

यसले टाइप २ मधुमेह र मुटु रोगको जोखिम पनि बढाउँछ।

हार्वर्ड विश्वविद्यालयमा प्रकाशित अनुसन्धानले पेटको बोसोले साइटोकाइन नामक एक प्रकारको प्रोटिनको उत्पादन बढाउनले देखाएको छ। यसले शरीरमा सुजन निम्त्याउन सक्छ भन्ने देखाएको छ।

यो पेटको बोसोले एन्जियोटेन्सिन भनिने अर्को प्रोटिनको उत्पादन बढाउँछ। यसले गर्दा रक्तनलीहरू संकुचित हुन्छन् र रक्तचाप बढ्छ।

यसले डिमेन्सिया, दम र केही क्यान्सरको जोखिम पनि बढाउँछ।

दिल्लीको फोर्टिस एस्कर्ट्स अस्पतालका वरिष्ठ हृदयरोग विशेषज्ञ डा. शिवकुमार चौधरीले पेट वरिपरि जम्मा भएको बोसो शरीरको अन्य भागमा जम्मा भएको बोसो भन्दा धेरै खतरनाक हुने बताए।

डा. चौधरी बताउँछन्, ‘जब पेटको बोसोका कोषहरू टुट्छन् वा नष्ट हुन्छन्। यीनीहरूबाट धेरै प्रकारका विषाक्त तत्त्व निस्कन्छन्। यी तत्त्वले मुटुको धमनीमा सुजन बढाउँछन्। यसले मुटु रोगको जोखिम बढाउँछ। यसले शरीरमा इन्सुलिन प्रतिरोध पनि बढाउँछ। जसका कारण मधुमेहको जोखिम पनि बढ्न सक्छ।’

विज्ञहरूका अनुसार पेटको बोसो बढ्नुको पछाडि धेरै कारण छन्। जस्तै आनुवंशिक प्रवृत्ति, हार्मोनल परिवर्तन, उमेर, अधिक तौल र रजोनिवृत्ति।

यसबाहेक, असंतुलित जीवनशैली, अनियमित दिनचर्या र असंतुलित आहार पनि यसको कारण हुन सक्छ।

सन्तुलित आहार, नियमित व्यायाम र स्वस्थ बानी अपनाएर समयमै पेटको बोसो नियन्त्रण गर्न सकिने स्वास्थ्य विज्ञहरूको सल्लाह छ।

पेटको बोसो घटाउन केही कुराहरूमा ध्यान दिनु आवश्यक छ।

१. बेलुकाको खाना र सुत्ने समयको भिन्नता
सुत्नुभन्दा करिब दुईदेखि तीन घण्टा अगाडि केही नखानुहोस्। दिनभरि खाएको खानाले दैनिक गतिविधिका लागि क्यालोरीहरू प्रयोग गर्दछ र ऊर्जाका लागि प्रयोग गर्दछ।

तर खाना खाएपछि यी क्यालोरीहरू प्रयोग हुँदैनन्।

त्यसपछि यो बोसोको रूपमा जम्मा हुन्छ र तौल बढ्न थाल्छ।

२. सन्तुलित आहार खानुहोस्
विज्ञहरूले खानामा बढी फाइबर लिइयो भने  लामो समयसम्म भोक नलाग्ने बताए।  

खानामा फाइबर छ भने खानासँगै पेटमा रहन्छ। यसले पेटबाट आन्द्रामा खाना सर्ने गतिलाई सुस्त बनाउँछ।

यसको अर्थ लामो समयसम्म पेट भरिएको महसुस हुन्छ।

खानामा प्रोटिनको प्रयोग गर्नुहोस्। प्रोटिनले पेटलाई लामो समयसम्म भरिएको महसुस गराउँछ। यसले गर्दा बारम्बार केही खाने इच्छा कम हुन्छ।

यसका अतिरिक्त यसले भोक बढाउने हर्मोन अर्थात् घ्रेलिनको स्तर घटाउँछ र खानाको तृष्णालाई नियन्त्रण गर्छ।

प्रोटिनले शरीरको मांसपेशीलाई बलियो बनाउँछ र मेटाबोलिज्मलाई पनि गति दिन्छ। यसले गर्दा क्यालोरी जलाउने क्षमता बढ्छ।

आफ्नो दैनिक आहारमा अण्डा, दाल, दूध, चीज, दही, माछा, कुखुरा र सोया जस्ता प्रोटिनयुक्त खानेकुरा प्रयोग गर्नुहोस्।

३. अल्ट्रा–प्रशोधित खाना र परिष्कृत कार्बोहाइड्रेटबाट टाढा रहनुहोस्
सेतो ब्रेड, चिप्स र क्र्याकर जस्ता चीजमा करिब कुनै फाइबर हुँदैन। यसले गर्दा यी चाँडै पच्छन् र अचानक रगतमा चिनीको स्तर बढाउन सक्छन्।

रगतमा चिनीको तीव्र उतारचढावले भोक बढाउने मात्र नभइ तौल बढ्ने र टाइप–२ मधुमेह जस्ता रोगको जोखिम पनि बढाउँछ।

त्यसकारण यी खानेकुरालाई होल ग्रेन ब्रेड, रोस्टेड स्न्याक्स, फलफूल र बदाम जस्ता स्वस्थकर खानेकुराले बदल्नु राम्रो हुन्छ।

चिनी र क्यालोरी बढी भएका खानेकुराबाट बच्नुहोस्। मदिरा सेवन सीमित गर्नुहोस् र धूम्रपान बन्द गर्नुहोस्।

४. निद्रा पूरा गर्नुहोस्
निद्रा पर्याप्त भएन भने भोक हर्मोनलाई असर गर्न सक्छ। यसले गर्दा थप खानाको चाहना हुन्छ।

लस एन्जलसस्थित क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार निद्राको कमीले पेटमा उत्पादन हुने घ्रेलिन नामक हर्मोन बढ्छ। यसले भोक बढाउँछ।

विज्ञहरूले तनाव नलिन र तनाव व्यवस्थापन गर्न सुझाव दिए। तनावले रगतमा तनाव हर्मोन कोर्टिसोल निस्कासन गर्छ।

५. शारीरिक रूपमा सक्रिय रहनुहोस्
शारीरिक व्यायाम र सक्रिय रहनाले क्यालोरीहरू जल्छन्। यसले विशेष गरी पेटको बोसो घटाउन मद्दत गर्दछ।

नियमित रूपमा तेज हिँडाइ, दौड, साइकल चलाउने, पौडी खेल्ने वा योगा गर्नाले बोसो घटाउने मात्र नभइ मेटाबोलिज्मलाई पनि गति दिन्छ।

व्यायामले मांसपेशीहरूलाई बलियो बनाउँछ। यसले मुटुलाई स्वस्थ राख्छ। पेट वरिपरि जम्मा भएको बोसो घटाउनाले मधुमेह, उच्च रक्तचाप र मुटु रोगको जोखिम पनि कम हुन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.