दूधपोखरी नुहाएर फर्कदा हराएका आमाछोराको मध्यरातमा उद्धार

दूधपोखरी नुहाएर फर्कदा हराएका आमाछोराको मध्यरातमा उद्धार
सुन्नुहोस्

गोरखा : दूधपोखरी नुहाएर फर्कने क्रममा हराएका आमाछोराको मध्यरातमा उद्धार गरिएको छ। दूधपोखरीबाट फर्कने क्रममा जंगलमा हराएका ७७ वर्षीय नुना ढकाल र ५७ वर्षीय शिवहरि ढकाललाई राति १२:३० बजे उद्धार गरिएको गोरखाका एसपी भरत बिकले जानकारी दिए।

उनीहरुलाई स्थानीयवासीको सहयोगमा भच्चेकचौकीबाट खटिएका प्रहरी टोलीले माउनीडाँडा जंगलको बीचबाट उद्धार गरिएको प्रहरी निरीक्षक किरण घिमिरेले जानकारी दिए। भरतपुर महानगरपालिका-२ आँपटारीका उनीहरु जनैपूर्णिमाका अवसरमा दूधपोखरी नुहाउन र पूजाआजा गर्न गत २२ गते त्यसतर्फ गएका थिए।

‘अजिरकोट गाउँपालिका २ का वडाअध्यक्ष बाबुराम अधिकारी सरले उहाँहरु हराउनु भएको खबर हामीलाई राती १०:३० बजेतिर गराउनुभयो’, घिमिरेले भने, ‘उहाँहरुको फोन सम्पर्कचाहिँ भइरहेको थियो। स्थानीयवासी र हामी मिलेर उहाँहरुलाई खोजतलास गर्दा राती १२:३० तिर माउनीडाँडाको जंगलभित्र भेटिनु भयो।’ 

उनीहरूलाई मध्यरातमा बोकेर भच्चेक प्रहरी चौकीमा राखिएको र आइतबार बिहान आफन्तहरू झिकाएर जिम्मा लगाएर पठाइएको उनले बताए। उनीहरु ४४ सय मिटर उचाइमा रहेको दूधपोखरी पुग्न नसकी फर्कदा बाटो बिराएर हराएका प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.