रवि लामिछानेको निवेदनमाथि सुनुवाइ सकियो

रवि लामिछानेको निवेदनमाथि सुनुवाइ सकियो
सुन्नुहोस्

भैरहवा : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रिहाइको माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दायर गरेको निवेदनमाथि सुनुवाइ सकिएको छ। निवेदनमाथि सुनुवाइ सकिएकाले आजै आदेश आउने संभावना छ।

सहकारी ठगी र संगठित अपराध मुद्दाको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका लामिछानेले दिएको निवेदनमाथि न्यायाधीश नारायण सापकोटाको इजलासमा सुनुवाइ सकिएको हो।

निवेदन उपर लामछिाने र सरकारी वकिलको तर्फबाट बहस सकिएपछि सुनुवाइ सकिएको हो। अब लामिछानेलाई थुनामै राख्ने कि धरौटीमा छोड्ने भन्ने आदेश आउनेछ।

मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को दफा ६८ बमोजिम बैंक जमानत लिइ ऐनको दफा ७१ बमोजिम आदेशको माग गर्दै उनले साउन १९ गते अदालतमा निवेदन दिएका थिए। उनले बिगो बराबरको रकम बैंक ग्यारेण्टी लिएर रिहाइ माग गर्दै अदालतमा निवेदन दिएका छन्। 

निवेदन दर्ता भएको साउन १९ गते नै अदालतका न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले पक्षहरूलाई पेशीको सूचना दिने आदेश गरेको थियो। साउन २० गते न्यायाधीश प्रल्हाद कुमार योगी र साउन २१ न्यायाधीश दिपेन्द्र थापा मगरको इजलासमा चढेको पूरक पेशी निवेदकको (लामिछाने) को कानुन व्यवसायीबाट दुवै दिन स्थगित भएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.