प्रतिनिधिसभा बैठक बस्दै,के छन् एजेण्डा ?
काठमाडौं : प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बस्नेछ। बैठकमा सभामुखले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय सचिवालयले जनाएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राष्ट्रिय सभामा उत्पत्ति भएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक,२०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
प्रतिक्रिया दिनुहोस !