हिमाली गाउँमा हेपाटाइटिस बीविरुद्धको खोप शिविर : तीनजनामा संक्रमण पुष्टि

हिमाली गाउँमा हेपाटाइटिस बीविरुद्धको खोप शिविर : तीनजनामा संक्रमण पुष्टि
हेपाटाइटिस बीविरुद्धको खोप लगाउन भेला भएका चुमनुब्री- ५ रानाका बासिन्दा । तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

गोरखा : हिमाली भेगमा अवस्थित बिही गाउँमा हेपाटाइटिस बी विरुद्धको खोप शिविर सुरू भएको छ । किमोलुङ फाउण्डेशन नेपालले गाउँपालिकासँग समन्वय गरी चुमनुब्री- ५ को राना खोपकेन्द्रमा खोप शिविर सुरु गरेको हो ।

बुधबारदेखि सुरू भएको शिविर वडा नं. ४ र ५ का विभिन्न खोपकेन्द्रहरूमा १० दिनसम्म सञ्चालन हुनेछ । शिविरको प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका खोप शाखा प्रमुख नानीबाबु दानी र संस्थाका संस्थापक अध्यक्ष वाङचुक राप्तेन लामाले संयुक्त रुपमा उद्घाटन गरे । 

पहिलो दिन ५८ जनामा स्क्रिनिङ गरिएको र ४४ जना लामाले जानकारी दिए । ३१ जना महिला र २७ जना पुरुषमा स्क्रिनिङ गरिएकामा तीनजना (दुई महिला र एक पुरुष)मा हेपाटाइटिस बीको संक्रमण पुष्टि भएको उनले बताए । १६ वर्ष मुनिका ११ जनामा गरिएको परीक्षणमा तीनजनामा हेपाटाइटिस बी संक्रमण पुष्टि भएको संस्थाका संस्थापक अध्यक्ष वाङचुक राप्तेन लामाले बताए । 

चुमनुब्री गाउँपालिका -५ का वडाअध्यक्ष काल्देन छेवाङ लामाको अध्यक्षता एवं प्रदेश जनस्वास्थ्य कार्यालयका खोप फोकल पर्शन नानीबाबु दानीको प्रमुख आतिथ्यतामा बुधबार शिविरको औपचारिक रुपमा उद्घाटन गरिएको थियो । 

बिहीबार बिही स्वास्थ्यचौकीमा खोप शिविर सञ्चालन हुनेछ । त्यस्तै साउन ३० गते क्य्राक गाउँमा, भदौ १ गते सेराङगुम्बामा र ३ गते पुनः बिही गाउँमा छुटेकाहरुलाई खोप लगाइने कार्यक्रम तय भएको छ । भदौ ४ गते वडा नं. ४ को छाक–क्वाकको स्वास्थ्य संस्था, ५ गते गाप नुब्री आधारभूत विद्यालाय, ६ र ७ गते प्रोक स्वास्थ्य संस्था, ८ गते नामरुङ ९लार्केबजार स्वास्थ्या चौकी र ९ गते गप वडा कार्यालयमा हुने जनाएको छ । शिविरमा आउने सबैको स्क्रिनिङ गर्ने भएता पनि हेपाटाइटिस ‘बी’ विरुद्धको खोप भने १६ वर्ष उमेर माथिका सबैलाई लगाइने बताए । हेपाटाइटिस ‘बी’ विरुद्धको खोप तीन डोज लगाउनुपर्ने हुन्छ । पहिलो खोप र दोस्रो खोप एक महिना पछि र अन्तिम खोप ६ महिना पछि लगाउनुपर्ने संस्थाका अध्यक्ष लामाले जानकारी दिए ।

हिमाली तथा उच्च पहाडी भेगका मनिसमा हेपाटाइटिस ‘बी’ को संक्रमण बढि मात्रमा देखिन थालेकाले शिविर गरिएको उनको भनाइ छ । वैदेशिक रोजगारीमा जाने क्रममा गरिने स्वास्थ्य परीक्षणको क्रममा त्यहाँका स्थानीयमा बढी मात्रामा हेपाटाइटिस ‘बी’ को संक्रमण देखिएर रोजगारीमा जान नपाउने गरेको अध्यक्ष लामाले बताए । त्यसको न्यूनीकरण गर्ने उद्देश्यले शिविर आयोजना गरिएको उनले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.