नेपाल एनटी स्ट्राइकसँग ४२ रनले पराजित

नेपाल एनटी स्ट्राइकसँग ४२ रनले पराजित
सुन्नुहोस्

काठमाडौं : नेपाल नर्थन टेरिटोरी (एनटी) स्ट्राइकसँग पराजित भएको छ। टप एण्ड टी-२० सिरिजअन्तर्गत अष्ट्रेलियामा भएको खेलमा नेपाल ४२ रनले पराजित भएको हो। 

एनटी स्ट्राइकले दिएको १७८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन बनायो। नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ रन बनाए। उनले २५ बल खेल्दै क्याच भए। 

पहिलो विकेटको रुपमा ओपनर कुशल भुर्तेल ८ रन बनाउँदै बोल्ड भए। उनी ३.१ ओभरमा म्याट ह्यामोन्डले बोल्ड गरेका हुन्। तेस्रो क्रममा आएका लोकेश बम ह्यामोन्डको बलमा क्याच हुँदै डकआउट भए। ५.४ ओभरमा अर्का ओपनर आशिफ शेख १४ बलमा ११ रन बनाउँदै पेभेलियन फर्किए।  नेपालले पावरप्लेमा ३ विकेट गुमाउँदै २५ रन बनाएको छ। नेपालका कप्तान रोहित पौडेल २० बलमा २३ रन बनाउँदै बाउन्ड्रीमा क्याच भए। 

१५.४ ओभरमा ५ विकेट गुमाउँदै नेपालले १०० रन पूरा गरेको थियो। गुल्सन झा ९ बलमा २६ रन पूरा गर्दै बोल्ड भए। उनी १७ ओभरको अन्तिम बलमा हामिस मार्टिनको बलमा बोल्ड भए। दिपेन्द्र सिंह ऐरी २३ बलमा १९ रन बनाउँदै क्याच भए। रुपेश सिंह ८ र सन्दीप लामिछाने २ रनमा अविजित रहे। 

एनटी स्ट्राइकको लागि म्याट ह्यामोन्डले नेपालको ३ विकेट लिए। उनलाई केन रिचारसन र टम एन्ड्रिजले समान २-२विकेट लिँदा हामिस मार्टिनले १ विकेट लिए। 

त्यसअघि, ब्याटिङ गरेको एनटी स्ट्राइकको लागि लागि डार्सी शर्टले सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले। उनलाई ८.४ ओभरमा सन्दपि लामीछानेले बोल्ड आउट गरेका हुन्। ज्याक वेथरहाल्डले ११ रन बनाए। उनी ३.४ बलमा रुपेश कुमार सिंहको बलमा सोमपाल कामीको हातमा क्याच भए। कनर क्यारोलले १८ रन बनाउँदै साहब आलमको हातबाट बोल्ड भए। जोर्डन सिल्कले १९ रन बनाउँदै दिपेन्द्रको हातबाट बोल्ड भए। 

क्याडेल म्याकमोहन १८.२ ओभरमा विकेटकिपर आसिफ शेखबाट स्टम्पिङ आउट भए। उनले १२ बलमा १२ रन बनाए। टम एन्ड्रिज ३२ रनमा अविजित रहे। हामिस मार्टिन २ रनमा अविजित रहे। 
नेपालका लागि बलिङमा सन्दीप लामीछानेले सर्वाधिक ३ विकेट लिए। साहब आलमले २ विकेट लिँदा रुपेश कुमार सिंह, दिपेन्द्र सिंह ऐरी र रोहित पौडेलले समान १-१ विकेट लिए। 

नेपालले सिरिजको दोस्रो खेल बंगलादेश ‘ए’ सँग शनिबार दिउँसो ३:१५ मा खेल्नेछ। जारी प्रतियोगितामा ११ वटा टिमले प्रतिस्पर्धा गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.